-
नमोबुद्ध संवाददाता
जिल्ला धुलिखेलमा रहेको कारगारमा रहेका बन्दीहरुलाई औषधि वितरण गरेको छ । ईन्सेक काभ्रेको सहकार्यमा राष्ट्रिय यूवा संगठन नेपालले बन्दीहरुलाई आईतबार वितरण गरेको हो ।
संगठनका केन्द्रीय सदस्य भेषराज शाह र जिल्ला संयोजक बिक्रम चौलागाईले सुगर, प्रेसर, रुघोकोकी, सेनिटाइजर, साबुन, पञ्जा लगायतका सामग्री जेलर जंगबहादुर राईलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए ।
वितरण गरेका सामग्रीहरुमा ओजिला ५ वट्टा, जोसट् २ वट्टा क्लोनाज १ वट्टा, भल्परेन वट्टा, ट्रेड ९२५० २ वट्टा, डिटोल साबुन २४ पिस, ग्लोब्स ३० थान, सानेटाइजर २५ पिस, डिकोल्ड १०० फाइल र साईनेक्स ५० फाइल रहेको छ ।
संगठनका केन्द्रीय सदस्य शाहले धुलिखेल कारागारमा औषधि अभाव भन्ने समाचार देखेपछि औषधी सहयोग गर्ने भावना जागेको बताउदै आगामी दिनमा बन्दीहरुलाई आवश्यक औषधी सामग्रीहरु समेत वितरण गर्ने बचन दिए ।
औषधी वितरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डाक्टर नरेद्रकुमार झाले कोरोना भाईसरले आक्रान्त भैरहेको बेला कारगारभित्र रहेका बन्दीहरुका लागि ईन्सेक काभ्रेको पहलमा औषधी वितरण भएकोमा ईन्सेक काभ्रेलाई धन्यवाद दिदै कारगारमा रहेका बन्दीहरुका लागि स्वास्थ्य कार्यालय काभ्रेले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
बन्दीहरुलाई मनकारी भावना बोकेर ईन्सेकको पहलमा आइपुगेका सहयोगी यूवा व्यवसायीहरुलाई कारगार प्रमुख जेलर राईले धन्यवाद दिंदै कारागार एउटा सुधार गृह भएकाले जेलमा रहेका सबै बन्दीहरुको जीवनलाई सकारात्मक बाटोतर्फ डोर्याउन सबैले सहयोग गर्नुपर्ने बताए ।