• नमोबुद्ध संवाददाता

दुबईबाट चैत ६ गते फर्किएका युवाकोे बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा आइतबार मृत्यु भएको छ।

सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो ।

उनलाई दुबईबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको डाक्टर थापाले बताउनुभयो । उनी १३ गते अस्पताल आएका थिए।
थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको डाक्टर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको नमुना (थ्रोड स्वाब) अस्पताल आउनासाथ निकालेर काठमाडौं पठाइएको तर रिर्पोट नआइसकेकोले उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि नभएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस !