
-
नमोबुद्ध संवाददाता
धुलिखेल-नेपालमा शुक्रबार चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको ३४ वर्षका पुरुषमा कोरोना भाइरस पोजिटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले जानकारी दिनु भयो ।
देवकोटाका अनुसार लक्षण देखिएपछि उनी चैत्र ११ गते अस्पतालमा भर्ना भएका हुन्, उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ ।
संक्रमण पुष्टि भएको धनगढीका पुरुष दुबईबाट नयाँदिल्ली हुदै काठमाडौ आएको खुलेको छ । उनी काठमाडौँबाट बुद्ध एयरको विमानबाट धनगढी पुगेका थिए । धनगढीबाट भने माइक्रो चढेर घरमा पुगेको जनाइएको छ ।
प्रवक्ता देवकोटाले संक्रमित अरुपनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।
यससंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति ४ पुगेको छ ।