नमोबुद्ध संवाददाता

धुलिखेल–काभ्रे डाँडापारि क्षेत्रको खानीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोक्न आफ्ना सबै वडामा हेल्थ डेस्क स्थापना गरेको छ ।

७ वटै वडामा रहेको स्वास्थ्य संस्थाहरुमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको पालिका अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मकवानपुर र काभ्रेको सिमाना सिक्रे दोभानमा पनि एक साताको लागि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

उहाँले भन्नुभयो –‘अहिले हामीले काभ्रे र मकवानपुरको सिमाना सिक्रेदोभानमा एक साताको लागि हेल्थ डेस्क राखेका छौँ, गाउँपालिका भित्र रहेको स्वास्थ्य संस्थामा हेल्थ डेस्क राखेका छौँ । ’

स्वास्थ्यकर्मीको अभाव देखिएपछि गाउँपालिकाका लेखापाल राजन पराजुली पनि गाउँपालिकाका स्वास्थ्यकर्मीसँगै हेल्थ डेस्कमा खटिनुभएको छ ।

पराजुली हेल्थ डेस्कका साथै गाउँ–गाउँमा जनचेतना फैलाउन समेत खटिनुभएको हो । गाउँपालिकाभरी अहिले जम्मा २४ जना मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् ।

सूचना तथा तस्वीर सामाग्री सहयोग–उज्यालो नेटवर्क

प्रतिक्रिया दिनुहोस !