• नमोबुद्ध संवाददाता

धुलिखेल : कोभिड १९ (कोरोना भाइरस) विरुद्ध जनसेवाका लागि धुलिखेल सामुदायिक अस्पतालले हटलाइन सेवा सुरु गरेको छ । शंकास्पद लक्षणहरु देखिएमा पैशा नलाग्ने हटलाइनमार्फत चित्सिकहरुसंग सम्पर्क गर्न अस्पतालले आह्वन गरेको हो ।

एनसेल प्रयोगकर्ताहरुले ९८०१५७५००६ र नमस्ते (नेपाल टेलिकम) प्रयोगकर्ताहरुले १६६००११२२०० मा फोन गरेर उचित परामर्श लिन सकिने अस्पतालले जनाएको छ ।

कोरोना भाइरस रोकथामका लागि सतर्कता अपनाउन सरकारले लकडाउन लागु गरेको अवस्थामा सर्वसाधारणलाई सामान्य स्वास्थ्य समस्या देखिदा पनि हुने मानसिक तनावको समाधानमा समेत यो सेवा फलदायी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !