
-
नमोबुद्ध संवाददाता
अहिले चर्चामा रहेको कोरोना भाइरसबाट जोगिन मास्कको प्रयोग मुख्य मानिएको छ ।
बजारमा पाइने मास्कहरुमध्ये आफैलाई सुहाँउने वा कसैले सजिलो, सस्तो मास्क छानेको पाउछौं । सिडिसिका एक अध्ययनका अनुसार ति मास्कहरु मध्येपनि उत्तम मास्क कुन हो त र ति मास्कहरुमध्ये कुन मास्कले कति प्रतिशत भाइरस, ब्याक्टेरिया, धुलो, परागकणहरुलाई रोक्छन् त?
एन् ९५ मास्क
अहिले यो मास्कको चर्चा धेरै नै भएको पाइन्छ । यो मास्कको प्रयोग गर्दा यसले भाइरस ९५ प्रतिशत भन्दा बढि छेक्छ भने ब्याक्टेरिया र धुलो धुँवा र परागकणहरुलाई सतप्रतिशत नै रोक्छ ।
सर्जिकल मास्क
यस्तो प्रकारको मास्कको प्रयोग गर्दा पनि भाइरसलाई ९५ प्रतिशत भन्दा बढि नै शरीरभित्र प्रवेशनिषेध गरेको हुन्छ । यस्तो मास्कको प्रयोग गर्दा ब्याक्टेरिया, धुलो, परागकणहरुलाई ८० प्रतिशत भन्दा बढिमात्रामा रोक्छ ।
FFPI isolate suspended particles
यस्तो मास्कको प्रयोग गर्दा ९५ प्रतिशत भन्दा बढि भाइरसको प्रवेशमा रोक हुन्छ । भने यसबाट पनि ८० प्रतिशत भन्दाबढि ब्याक्टेरिया, धुलो, परागकणहरुको शरीरमा प्रवेशलाई रोक्छ ।
एक्टिभेटेड कार्वन मास्क
यस्तो किसिमको मास्कको प्रयोग गर्नले भाइरसलाई १० प्रतिशत जत्ति मात्र रोक्छ र ब्याक्टेरिया र परागकणलाई ५० प्रतिशत भन्दा बढि रोक्छ भने धुलो लाई १० प्रतिशत जत्तिमात्रामा रोक्छ ।यो मास्क विशेष गरेर गन्धलाई रोक्नको लागि मात्र प्रयोग गर्दा राम्रो हुन्छ ।
कपडाको मास्क
कपडाको मास्कहस् पनि बजारमा धेरै नै पाइन्छ । जसलाई धोएर पटक पटक पनि प्रयोग गरेको पाउछौ । यस्तो मास्कहरु बजारमा धेरै कलरको कपडाहरुमा पाइन्छ । यस्तो मास्कको प्रयोग गर्दा भाइरस र धुलोलाई रोक्न सकदैन बरु यसले ब्याक्टेरिया र परागकणहरुको प्रवेशमा ५० प्रतिशत भन्दा बढिमात्रामा रोक्छ । तपाइहरुले याद पनि गर्नुभएको होला यस्तो मास्कको प्रयोग गरि धुलोमा जाँदा नाकको छेउछाउमा माटो धुलोहरु टाँसिएको हुन्छ ।
स्पान्जी मास्क
यस्तो मास्कलाई फेसन मास्क पनि भनिन्छ । यस्तो मास्क हेर्दा आकर्षक किसिमको हुन्छ । यो मास्कको प्रयोग गर्दा पनि भाइरस र धुलोलाई रोक्न सकिदैन वा निकै कम मात्रामा रोक्छ । यो मास्कको प्रयोग गर्दा ब्याक्टेरिया र परागकणहरुलाई पनि लगभग ५ प्रतिशत जत्तिमात्रामा रोक्छ ।
भिडियोसहित