-
कृतिका घलान
वि.सं.२०७४ सालको मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की ‘निहारिका’ले कोरोना भाइरस (कोभिड १९)बाट बच्ने बचाउने क्रममा स्वास्थ्यकर्मीको परिवारको लागि भएपनि अत्यावश्यक काममा बाहेक सबैजना घरबाहिर ननिस्कन आह्वन गर्नुभएको छ।
उहाँले मंगलबार साँझ आधिकारिक फेसबुक लाइभमार्फत भन्नुभयो– “श्रीमान् पेशाले चिकित्सक हुनुहुन्छ नेपालमा आजदेखि लकडाउन भएको छ, हामी सुरक्षा अपनाएर घरमा नै बसेका छौ तर श्रीमान आफ्नो काममा घरबाहिर जानुहुन्छ उहाँको लागि छुटै कोठाको व्यवस्था पनि गरेका छौ तर हिजो उहाँ (श्रीमान्)ले भन्नु भयो –‘मेरो लागि छुट्टै भाँडाकँुडाको पनि व्यवस्था गरौ ताकी त्यो भाँडा म आफै सफा गरेर राख्न सकु यसले गर्दा किटाणु घरमा फैलिन नपाउन परिवारको सदस्य संग धेरै सम्पर्क हुन नपाउन्।’ यसले मलाई नमिठो बनायो ।”
साहित्यकार कार्कीले प्रश्न गर्दै भन्नुभयो – “स्वास्थ्यकर्मी जो बिरामी संग प्रत्यक्ष उपचारमा जोडिनुभएको छ वा कोरोना संक्रमण नियन्त्रणका लागि घरबाहिर निस्किनु पर्छ भने उहाँहरु कसरी सुरक्षित हुन्छन्? स्वास्थ्यकर्मीहरुको परिवार कसरी सुरक्षित हुन्छन् ? त्यसैले देशमा भएको यो स्थितिमा सबैले सुरक्षा अपनायौँ भनेमात्रै हामी सुरक्षीत हुन्छौ।”