• नमोबुद्ध संवाददाता

धुलिखेलः नेपालमा पनि सोमबार एक नेपालीमा कोरोना भाइरस (कोभिड १९) पोजिटिभ भेट्टिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फ्रान्समा अध्ययनका लागि गएकीे काठमाडौंकी १९ वर्षिय ति युवती कतार हुदै चैत्र ४ गते नेपाल आइपुगेकी थिइन्। उनको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

उनको ट्राभल डिटेलमा यो पनि पुष्टि छकि उनी संगै यात्रामा रहेका एकजना भियतनामी नागरिक कोरोना संक्रमित थिइन् ।

नेपालबाट सबैभन्दा नजिकको देश भारतमा पनि यसको संक्रमण बढिरहेको अवस्थामा नेपालमा पनि कोरोना संक्रमण भेट्टिएको सोमबार पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

कोरोनाको संक्रमण नेपालमा समेत पुष्टि भएसंगै नागरिकलाई विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । अति आवश्यक अवस्था बाहेक घरबाट बाहिर ननिस्की सेल्फ क्वारेन्टाइन अपनाउन मन्त्री ढकालले सम्पूर्ण देशबासीमा अनुरोध गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !