• नमोबुद्ध संवाददाता

धुलिखेलः काभ्रेको महाभारत गाउँपालिकाले कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि आकस्मिक बाहेकका सवारी संचालनमा रोक लगाएको छ ।
सोमबार बसेको महाभारत गाउँकार्यपालिकाको आकस्मिक बैठकले आजै साँझ ६ बजेदेखि लागु हुनेगरि आफ्नो क्षेत्रभित्र आकस्मिक सवारी साधन बाहेकको अन्य सवारी साधनमा रोक लगाएको हो।

गाउँपालिकाका प्रवत्ता रविन मोक्तानका अनुसार अर्को सूचना जारी नहुदाँ सम्मका लागि अन्य सवारी साधन संचालनमा रोक लगाएको हो ।
उहाँले छिमेकी मुलुक भारतमा भाइरसको संक्रमण बढ्दै गएको र नेपालमा पनि यसको जोखिम बढेकाले महाभारत गाउँपालिकाभित्र यसको जोखिमलाई न्यूनिकारणका लागि सावधानी अपनाउन गाउँपालिकाले यो निर्णय गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !