नमोबुद्ध संवाददाता

धुलिखेल सामुदायिक अस्पतालले मंगलबारदेखि सामान्य तापक्रम जाँच सेवाको सुरुवात गरेको छ । अस्पतालको मुख्यद्धारमा यो सेवाको सुचारु गरेको हो ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) रोगको विरुद्धमा सतर्कता अपनाउनका लागि अस्पतालले यो सेवाको सुचारु गरेको जनाउनु भएको हो । स्वास्थ्यकर्मीहरुले अस्पतालमा आएका मानिसहरुको शारीरिक तापक्रम परिक्षणका साथै कोरोना भाइरसबाट बच्नका लागि सचेतनामुलक सन्देशहरु दिने गरेको पाइन्छ ।

चिकित्सकहरुका अनुसार यस रोगको प्रमुख लक्षणको रुपमा शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढि रहने बताएका छन् ।

साथै अस्पतालले कोरोना भाइरसबाट बच्नका लागि स्थानिय तहहरुसंग साझेदारी गरेर नियमित रुपमा अभिमुखिकरण कार्यक्रमहरु पनि गर्दै आएको बताएको हो ।

प्रतिक्रिया दिनुहोस !