• कृतिका घलान

धुलिखेल– तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकाको सीमानामा पर्ने तेमाल गापा वडा नं. १ स्थित बोहोरे दोभानमा तेमाल प्रवेशद्धार निर्माण सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख सलाम सिं लामाले तेमाल प्रवेशद्धार निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

तेमाल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मान बहादुर श्रेष्ठका अनुसार प्रवेशद्धार गाउँपालिकाको चालु आव ०७६⁄०७७ को विनियोजित रु १० लाख बजेटमा निर्माण हुनेछ । यसै महिनाको अन्तिममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । प्रवेशद्धार निर्माणको जिम्मेवारी उपभोक्ता समितिले पाएको छ ।

साइला वाइबाको अध्यक्षतामा तेमाल गापा वडा नं. १र २ का गरि ९ सदस्यीय उपभोक्ता समितिको गठन भई निर्माण कार्य बढाएको जनाउनु भएको हो ।

तेमालको पुरानो सडकखण्ड मानिने यस बोहोरेदोभान तेमाल सडकखण्डको प्रवेशद्धारबाट तेमाल गापा वडा नं. १ आधाबाट, कमेरे सस्र्यूखर्क लगायतका ठाउँहरुका साथै उत्तरमा आधाबाट–नारायाणस्थान सडकखण्डलाइ पनि जोडेको छ । भने २ नं. वडामा चुखा डाडाँगाउँ जोड्छ । प्रवेशद्धारको बायाँबाट साबिकको सरमथाली, ठुलोपर्सेल लगायतको भेगलाई जाडेकोे छ ।

प्रतिक्रिया दिनुहोस !