• नमोबुद्ध संवाददाता 

नमोबुद्ध संवाददाता धुलिखेल– छिमेकी मुलुक चीनबाट सुरु भई विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) को प्रभाव नेपालमा पनि पर्नेतर्फ विशेष सतर्कता लिदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति तत्कालका लागि स्थगन गरिएको छ ।

नेपाल सरकार, नोभल कोरोना रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार ‘अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय भएअनुसार श्रम स्वीकृति हाललाई स्थगन गरिएको जनाएको छ ।

विश्वको ११० भन्दा बढि देशहरुमा फैलिए संगै मार्च ११ मा विश्व स्वास्थ्य संगठन (डब्लू.एच्.ओ.)ले विश्वव्यापी महामारी घोषणा गरिसकेको सन्दर्भमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागले यो कदम चालेको हो ।

विश्व स्वास्थ्य संगठनले संक्रमणलाई लिएर गत जनवरी ३० मा विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !