-
नमोबुद्ध संवाददाता
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ११० भन्दा बढि देशहरुमा फैलिरहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले यसको प्रकोपलाई विश्वब्यापी महामारी घोषणा गरेको छ ।
बुधबार (मार्च ११) विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडहानोम ग्रेब्रेससले विश्वब्यापी महामारीको घोषणा गर्नुभएको हो ।
एकै समयमा कुनै रोग अनेकौं देशमा एकै पटक फैलिनुलाई विश्वव्यापी महामारी भनिन्छ।
विश्व स्वास्थ्य संगठनले संक्रमणलाई लिएर गत जनवरी ३० मा विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो ।