
-
नमोबुद्ध संवाददाता
धुलिखेल–चैत्र ७ देखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र नीरफूलको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ ।
चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस हाल विश्वका ११० भन्दा बढि देशहरुमा फैलिरहेको अवस्थामा नेपालमा पनि सम्भावित जोखिमप्रति सतर्कता अपनाउन सरकारले सार्वजनिक भेला, समारोह नगर्न आग्रह गरेको सन्दर्भमा जनस्वास्थ्यलाई ख्याल गरि चलचित्र प्रदर्शन स्थागित गरिएको निर्देशक फूलमान वलले जानकारी दिनुभयो ।
प्रेस विज्ञप्ति जारी गर्दै नीरफूल टिमले यसबाट दर्शकहरुमा पर्न गएको असुविधाप्रति क्षमता समेत मागेको छ । विज्ञप्तिमा भनिएको छ–‘ यसबाट दर्शक महानुभावको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
अवस्था सामान्य भएपछि चलचित्र प्रदर्शनको मिति तय गरिने निर्देशक वलले बताउनुभयो ।