• नमोबुद्ध संवाददाता

धुलिखेल–पेशाले इन्जीनियर देवकुमार तामाङ भिडियो सहितको ‘तिमी पहरा’ लिएर दर्शकमाझ प्रस्तुत भएका छन् । हाल सडक विभागको क्षेत्रीय प्रमुखको जिम्मेवारी वहनमा व्यस्त उनी नेपाली सांगीतिक क्षेत्रमा पनि दरिलो उपस्थिती जनाउने मनसायका साथ आएका हुन् ।

टेक तामाङको शब्द रचना र कन्काइष्ट राईको संगीतमा तयार भएको यो गीत नेपाली सुगम संगीतमा एउटा इट्टा थप्ने उनको यो पछिल्लो प्रयास हो ।

फिमेल भोकलमा उनलाई मेलिना राईले साथ दिएकी छन् । बुद्ध थापाको क्यामेरामा निकेश खड्काले निर्देशन गरेको भिडियोमा नम्रता श्रेष्ठ र कुन्साङ तामाङलाई फिचरांकन गरिएको छ । जुन भिडियो ओएसआर डिजिटलको युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

प्रेमील भावले भरिएको यो गीत निकै सुमधुर सुनिएको छ भने भिडियो उत्तिकै सुन्दर बनेको देखिन्छ ।

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !