• नमोबुद्ध संवाददाता

काठमाडौं–मान्छे अनेक राम्रा–नराम्रा घटना परिघटनाहरुको यादमा चाहेर वा नचाहेरै डुबुल्कीमा पर्छन् । ति क्षण कत्ति यादगार होलान ? जवाफ आउला–यादगार भएरनै डुबुल्की मार्ने हो,भनिन्छ जहाँ भावनात्मक पाटोको उपस्थिति बलियो हुन्छ त्यो क्षणहरु झनै यादगार हुनसक्दछ ।

यो प्रसंग थप प्रष्ट्याउन हालै बिनि ईन्टरटेन्मेन्टको युट्युबमार्फत सार्वजनिक भएकोे ‘मेरो यादमा’ गीतलाई लिन सकिन्छ । यो गीतले जीन्दगीको एउटा महत्वपूर्ण पाटोलाई थप यादगार तुल्याईदिदन्छ । विगतलाई सम्झाईदिन्छ,ति डुबुल्की यादगार बनिदिदा आनन्दित बनाईदिन्छ मन ।

सुमधुर स्वर, संगीत अनि शब्द सबैको मिश्रण देखिन्छ र तिनको सुन्दर भिडियो । सुन्दा आनन्द लाग्ने यो गीतको भिडियोले शितलता दिन्छ । हाल बजारमा आउने गीतहरु धेरै चर्चा पाएनि मन मष्तिस्कलाई आनन्द दिन सहजै सक्ने खालका भेटिदैनन् । यहि परिवेशमा आनन्दि र शान्तिका लागि प्रिय लाग्ने गीतमा पर्न सफल ठहरिन्छ गीत ‘मेरो यादमा’ ।

आदित्य बिक्रमको शब्द, बिक्रम थापाको संगितमा कृष्ण प्रसाईं र स्मृती शाहीको स्वर सझिएको छ मेरो यादमा । जसको एरेन्ज गर्नुभएको छ बिशन मानन्धरले । भिडियोको निर्देशन निर्देशक दिपक तामाङले गर्नुभएको हो । उहाँलेनै भिडियोको सम्पादन समेत गर्नुभएको छ । छायांकन रामेश्वर जिरेलले गर्नुभएको हो भने कलरिङ पोष्ट प्रोडक्सन छायाँ कृयसनको छ ।

भिडियोसहित :

https://www.youtube.com/watch?v=REoqoW-_ATM

प्रतिक्रिया दिनुहोस !