• नमोबुद्ध संवाददाता

धुलिखेल–काभ्रेको डाँडापारी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकावासीमा खुसीको खबर ! विकासको मुख्य पूर्वाधार सडकले नयाँ स्वरुप पाउने भएको छ, यसमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट परेपछि सडक पूर्वाधारले फड्को मार्ने भएको हो ।

वागमती प्रदेशले रोशी गाउँपालिका वडा नं. ९, पिन्थली देखि महाभारत गाउँपालिकाको गोकुलेसम्मको सडकको लागि ४९ करोड बजेट विनियोजन गरेको हो ।

आफ्नो विशेष पहलमा ३ वर्ष भित्रमा कार्यन्वयनय गर्ने गरि प्रदेशले आधा अर्ब बजेट छुट्टीएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

उहाँका अनुसार पिन्थली रजवास चारकिल्ला तीनकुट्टे देवीटार घर्तीछाप गोकुले सडक आयोजनामा ४९ करोड ३८ लाख ९८ हजार हजार बजट परेको हो ।

चालु आर्थिक वर्षका लागि ४ करोड,आर्थिक वर्ष २०७७⁄७८ मा खर्च गर्नेगरि २५ करोड र आर्थिक वर्ष २०७८⁄७९ मा खर्च गर्ने गरि २० करोड ३८ लाख ९८ बजेट विनियोजन भएको छ ।

अब बाटो पक्की बनाउनेतर्फ लाग्ने अध्यक्ष जिम्बाले बताउनुभयो । सांसदहरुको साथ र सहयोगबाट यो उपलब्धी हाँसील भएको उल्लेख गर्दै उहाँले झण्डै ३ दिन हिंडेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यताका साथै कृषि उपजको बजार विस्तारीकरणमा देखिएको समस्या समेत हट्ने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !