• नमोबुद्ध संवाददाता

काठमाडौं–सर्जकका सृजना समाजप्रति उत्तरदायि हुनुपर्छ भन्ने विचारमा अडिक रहेकी नायिका हुन् रेखा थापा, उनि मनोरञ्जनको नाउँमा सस्तो लोकप्रियतामा विश्वास राख्दैनन् । उनका हरेक चलचित्रले पनि यिनै सन्देश दिन्छ ।

यसैबिच यहि फागुन ३० गते रिलिज डेट तय गरेको नेपाली चलचित्र ‘नीरफूल’ मा विशेष भुमिकामा रहकी रेखाले यो चलचित्रको कभर गीतको भिडियोमार्फत यस्तै सन्देशलाई थप प्रट्याएकी छन् । नीरफूल मनोरञ्जनात्मक त होला नै योभन्दा बढि त सन्देशमुलक छ भन्ने चर्चा हालै सार्वजनिक गरिएको ‘तिमी बदनामी…’ गीतको भिडियोबाट व्याप्त भएको छ ।

हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको यो गीतको भिडियोमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य देखिन्छ । नायिकासँगै गायिकाको परिचय बनाएकी थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरिन् । वास्तवमा उनले ‘तिमी बदनामी…’ भनेरचाँही कसलाई इंगीत गर्न खोजेकी हुन् त ? त्यो पनि प्रणय दिवसकै दिन ।

यद्यपी चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्यहरुबाट बुझिन्छ तर बदनामी को हन् भन्ने बारेमा अझै पनि कौतुहलता जारीनै छ ।

यो गीतले चलचित्रको कथाको एउटा पाटो बोकेको देखिन्छ । आईटम गीत भन्दा फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्शाउने गीत भएको निर्देशक फूलमान वलले जानकारी गराएका छन् ।

निर्देशक वलको यो भनाईबाट पनि दर्शकले केहि भेउ पाउन भने सक्छन् तर पुर्ण रपमा यो कौतुहलता मेट्न फागुुन ३० कुनुपर्ने देखिन्छ । किनकी चलचित्र नीरफूल आगामी ३० फागूनमा रिलिज हुँदैछ । अहिले चर्चामा रहेको यो गीतको सँगीत अर्जुन पोखरेलले गरेका हुन् । दुर्गा खरेलले गाएको यो गीतलाई चलचित्र निर्देशक वल आफैंले लेखेका हुन् ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । चलचित्रमा दयाहाङ राई,बुद्धि तामाङ,पुस्कर गुरुङ,शान्ति वाइबा,सरीता गिरी,जीवन वराल,सन्तोष लामा,विजय लामा लगायतका कलाकारहरुको अभिनय छ, रेखा विशेष भुमिकामा छिन् ।

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !