• नमोबुद्ध संवाददाता

भकुण्डे–काभ्रेको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेसीमा ‘दोस्रो नमोबुद्ध महोत्सव–२०७६’ विहीबारबाट सुरु भएको छ ।

काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले उद्घाटन गर्नुभएको महोत्सव नमोबुद्ध उद्योग बाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको हो ।

स्थानिय कला संस्कृति,पर्यटन प्रवद्र्धन तथा उत्पादनको बजार विकासमा टेवा पुर्याउने उद्धेश्यले आयोजित महोत्सव सुरु हुनुपूर्व भकुण्डे बजारमा तामाङ,नेवार,ब्राम्हान लगायतका विभिन्न जातजातिको भेषभुषा,बाजागाजासहितको र्याली गरिएको थियो ।

पर्यटन वर्ष २०२० तथा सोनाम ल्होछारको सन्दर्भमा आयोजित महोत्सव माघ १९ गतेसम्म तेमाल जाने रोड छेउमा जारी रहने अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा १ सय भन्दा बढि स्टल रहने व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्थानिय उत्पादन प्रदर्शन तथा विक्री वितरणको स्टललाई भने स्टल शुल्क अनिवार्य नगरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–‘स्थानिय गुन्द्रुक,मकै,कृषि सामाग्रीलाई अनिवार्य शुल्क भन्दैनौं,किनकी हामी पनि ति बस्तुको बजारीकरण चाहान्छौं,स्थानिय समुदायका कला संस्कृति झल्कने गतिविधिलाई पनि स्थान दिनेछौं ।’

नमोबुद्ध नगरपालिका,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय नेवा ताम्सालिङ(वाग्मती) प्रदेश,नेपाल पर्यटन वोर्ड लगायतका निकायसँगको सहकार्यमा आयोजना गरिएको महोत्सवको व्यस्थापन ममता केन्द्र नेपालले गरेको अध्यक्ष संगम लामाले जानकारी दिनुभयो ।

स्थानिय कला संस्कृति,उत्पादनको प्रवद्र्धनजन्य बस्तु,दैनिक उपभोग्य बस्तुको स्टल राखिनुका साथै कला,सर्कस खेल,नेपाली खेल,चर्चित कलाकारहरुद्धारा कन्सर्ट,वाल उद्यान जस्ता पाटोद्धारा मनोरञ्जन प्रदान गर्ने गरी हुने महोत्सव सुरु भएको उहाँले स्पष्ट पार्नुभयो ।

महोत्सवको काभ्रे, सिन्धुली, रामेछाप लगायतका जिल्लाबाट १ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !