नमोबुद्ध संवाददाता

धुलिखेल–घटना भएको २ महिनापछि काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ८ डराउनेपोखरीका श्रेष्ठ दम्पतिको हत्यामा संलग्न भएको अभियोग लागेका आरोपितहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

डराउनेपोखरी तल्लो हटियाका ५४ वर्षीय श्याम कृष्ण श्रेष्ठ र ५१ वर्षीया निजकी श्रीमती रुकुमाया श्रेष्ठको हत्याका अभियुक्तहरु उदयपुर चौदण्डीगडी नगरपालिका– १० का सुमन राई र सोही ठाउँका किरण कुमार मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे र केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) को बिशेष टोलीले अनुसन्धान गर्ने क्रममा काठमाडौँ र ललितपुरबाट समातिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

धारिलो हतियार प्रयोग गरी श्रेष्ठ दम्पतिको हत्या गर्नुका साथै धनमाल समेत चोरी गरेको आरोप उनिहरुमाथि छ । पेसेवर अपराधीहरुकै शैलीबाट घट्ना गराएको दावी सहित अनुसन्धान थालिएकोमा उनिहरु मंगलबार पक्राउ परेका हुन् ।

अभियुक्त दुवै जनालाई जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमूख प्रहरी उपरिक्षक (एसपी) रविकुमार पौडेलले जानकारी दिनुभयो ।

श्रेष्ठ दम्पतिको २०७६ कार्तिक २९ गते राती घरमै विभत्स हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस !