नमोबुद्ध संवाददाता

बैंकक–नेपालमा पहिलो पट्क अन्तरास्ट्रिय रुपमा नेपाली बस्तुको बजार बिस्तार गर्ने उदेश्यकासाथ स्थापित संस्था “iBOSS Global Life International” ले थाइल्यान्डको राजधानी बैंकक हुदै पटय शहरमा आफ्नो अन्तराष्ट्रिय बजारको एक समारोहका बिच सुरुवात गरेको छ ।

शनिबार औपचारिक समारोह तथा सेमिनार आयोजना गर्दै अन्तरास्ट्रिय बजार शुभारम्भको घोषणा गरिएको हो । आइबोसका अध्यक्ष राजकुमार दङ्गालको सभापतित्व र नेपाल प्रहरी प्रशासनका पुर्ब एआइजी हेमन्त बहदुर पालको प्रमुख आतिथ्यतामा ग्रीनबुटी ब्रान्ड लोगो

अङ्कित कपमा भएको पानीलाई सानो बिरुवाको बोटमा अतिथिहरुले पानी खन्याएर शुभारम्भ गरिएको हो ।
नेपालबाट यहाँ आइपुगेका बिशिस्ट ब्यक्तिहरुबिचको सेमिनार भने आइतबार पनि जारी रह्यो । सेमिनार अन्तरगत छलफल र तालिम सत्र चलेको हो ।

तालिम सत्रमा अन्तराष्ट्रिय प्रशिक्षक तथा उत्प्रेरकहरुले “हाम्रो भविस्य, हाम्रो आइबोस“ भन्ने नारा सहित हामी नेपाली आउदो पाँच बर्ष भित्र कसरी सुखी र सम्पन्न हुन सकिन्छ ? भन्ने विषयमा छलफल प्रशिक्षण दिएका सहभागि विगेन्द्र वाइबा तामाङले जानकारी दिनुभयो ।

समारोहमा विषम परिस्थितिमा पनि कम्पनिको बस्तुहरु बिक्री बितरण गर्ने विभिन्न डिलरहरु र बजार प्रवन्धकहरुलाइ विशेष सम्मान सहित उपहार प्रदान गरिएको थियो ।

टोलीमा आइबोसका सस्थापक सदस्य श्री बल्लभ नेपाल, दिनेश दहाल, रबिन कटुवाल, बिरेन्द्र न्यौपाने, टेक बहादुर तामाङ,प्रोडक्ट रिसर्चर भक्त थोकर,अधिवक्ता तथा आइबोसका सचिव तिल बहादुर भट्टराई,तारा पन्डित, मनिसा तामाङ र कृष्ण कुमारी राई,विगेन्द्र वाइबा तामाङ लगायत हुनुहुन्छ ।
प्रत्यक्ष बिक्री प्रणाली अन्तर्गत आफ्नो सेवा र उत्पादन बितरण गर्दै आइरहेको यस संस्थाद्धारा नेतृत्व बिकास तथा अन्तरास्ट्रिय बजार बिस्तार गर्न आइपुगेको टोली पुष १६ गते नेपाल फर्किसक्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस !