• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपाल प्रवासी तामाङ समाज कतारले नाङसाल क्लब नेपाललाई आर्थिक सहयोग गरेको छ । लामो समयदेखि तामाङ साहित्य क्षेत्रमा कार्यरत संस्था नाङसालको आगामी कार्यक्रम तथा कार्यलय व्यवस्थापनका लागि समाजका तर्फबाट नगद रु ३० हजार नगद दिइएको हो ।

उक्त सहयोग रकम नेपाल प्रवासी तामाङ समाज कतारका निवर्तमान अध्यक्ष तिर्थ थिङ तामाङले नाङसाल क्लब नेपालका अध्यक्ष मिक्साङ वाईबा तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौको नयाँबजारस्थित क्लबको कार्यलयमा हालै एक कार्यक्रमकाबीच सो रकम हस्तान्तरण गरिएको नाङसाल क्लब नेपालका महासचिव राम बि लामाले जानकारी दिनुभयो ।

समाज र नाङसाल क्लब नेपालबीच विगतमा पनि सहयोग र सहकार्य हुदै आएको महासचिव लामाले बताउनुभयो । नेपाल प्रवासी तामाङ समाज कतार लामो समयदेखि कतारमा सक्रिया तामाङ संस्था हो ।

रकम हस्तान्तरण कार्यक्रममा क्लबका प्रमुख सल्लाहकार दिर्ग तामाङ, उपाध्यक्ष डुप्साङ तामाङ, महासचिव राम बि लामा तथा अन्य पदाधिकारीका साथमा समाजका तर्फबाट निर्वतमान अध्यक्ष तीर्थ तामाङ र पूर्व महासचिव कमल योन्जनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !