• नमोबुद्ध संवाददाता

धुलिखेल–काभ्रेको पनौती नगरपालिका वडा नम्बर ९ नौविसे फाँटस्थित समर्पण साना किसान कृषि सहकारी सस्थाले आफ्नो नयाँ निर्मित भवन उद्घाटनका साथ नवौं वार्षिक साधारण सभा मनाएको छ ।

युवा स्वरोजगार स्थानिय उत्पादन र आत्मनिर्भर अभियानका साथ २०५४ सालमा स्थापना भएको यस सहकारीले शनिबार स्थानिय मदन स्मृतिपार्क शारदा बतासे डाँडामा औपचारिक कार्यक्रमका साथ वार्षिक साधारण सभा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने,विशिष्ट अतिथि पुर्व संविधान सभा सदस्य रामहरी सुवेदीका साथै अतिथिका रुपमा पनौती नगरपालिका कृषि शाखा प्रमुख मणि न्यौपाने,नेकपा जिल्ला कमिटि सदस्य विदुर प्रसाद हुमागाई लगायतले सहकारीले सुखी नेपाली समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सकिने विचार व्यक्त गर्नुभयो ।

उहाँहरुले भवन निर्माणसँगै अव सहकारीले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो । किसानहरुको आयआर्जन वृद्धि गरी सहज जीवनयापनका लागि हाल सहकारीले उदाहरणीय काम गरेको भन्दै कार्यक्रमका वक्ताहरुले धन्यबादका साथै अझै सफलताको शुभकामना व्यक्त गरे ।

संस्थापक सल्लाहकार ध्रुव कुवँरले सहकारीको सेवा क्षेत्र भित्रका नागरिकको दैनिक जीवन देखि कृषि, पर्यटन, उद्योग तथा र स्थानिय रोजगारीको सम्भावना रहेको भएता पनि पहुँच विकासको अभावको कारण यस वडा पछाडी परेको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा निरन्तर सहयोग पुयाउने व्यक्तित्व देखि भवन निमार्णको क्रममा सांसद विकास कोष मार्फत सहयोग पुर्याउनु हुने संविधान सभा सदस्य रामहरी सुबेदीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

साथै सामाजिक दायित्व तथा सहकारीको उत्कृष्ट बचतकर्ता सम्मान देखि भुकम्प पुनर्रलाभ जिविकोपार्जन कार्यक्रम मार्फत डकर्मी तालिम लिई दक्ष जनशक्तिको उत्पानमा लाग्ने ५० व्यक्ति,सहकारी मार्फत कृषिप्रविधि अध्ययन गरी ईजरायलबाट फर्केर व्यवसायिक कृषि कार्य गर्ने व्यबसायिलाई पनि प्रमाणपत्र तथा खादा सहित सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष विमला थापाको अध्यक्षता र संस्थाका प्रबन्धक शकुन्तला पोखरेल मार्फत सञ्चालन गरीएको कार्यक्रममा अन्य अतिथिको रुपमा समाज सेवी तथा संस्थाका सल्लाहकार कुवँर,जिल्ला सहकारी संघका अध्यक्ष सुमन नेपाल,सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवार लगायतका व्यक्तित्वहरुको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !