• नमोबुद्ध संवाददाता

धुलिखेल–काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ को उपचुनावमा ८ सय ६७ मतका साथ नेकपा उम्मेद्धार देवप्रसाद कोईराला वडाध्यक्षमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेद्धार द्रोणबहादुर खत्रीले ५८२ मत ल्याउनुभएकोमा २ सय ८५ मतान्तरले कोईराला विजयी हुनुभएको हो ।

शनिबार भएको मतदानमा १८७७ मतदातामध्ये १५०२ मत खसेकोमा राजपाले १५,राप्रपाले ६ मत प्राप्त गरे भने ३२ मत बदर भए ।

यसैबिच नेकपाका उम्मेद्धार कोईरालाले जितेपनि कार्यकर्ताले भने खुसी मनाएका छैनन् । धुलिखेलस्थित मतदान अधिकृतको कार्यालयले आधिकारिक रुपमा घोषणा गरे लगत्तै नेकपा कार्यकर्ता उल्टै पार्टी नेतृत्वमाथि खनिए ।

उनिहरु किन आक्रोसित थिए भने यसअघि नेकपा पार्टी बन्नुअघि तत्कालिन एमाले उम्मेद्धार राजन कोईरालाले ८६६ मत ल्याएका थिए,उहाँको निधनपछि सोही पदमा अहिले मतदान हुदा एमाले र माओवादी केन्द्र दुई ठूला बाम पार्टी एक भईसकेका थिए,यस हिसावले उनिहरुको आँकलन कम्तीमा ११०० मत नेकपा उम्मेद्ध्वारले प्राप्त गर्नुपर्ने थियो तर पार्टीभित्रको गुटबन्दीले त्यसको फाईदा काँग्रेस उम्मेद्धारलाई पुग्यो ।

उनिहरुको निश्कर्ष योछकी नेकपा भित्रको आन्तरिक गुटबन्दीका कारण यसअघि तत्कालिन एमाले उम्मेद्धार राजन कोईरालासँग २०० मत ल्याएर (फराकिलो मतान्तरले) पराजित भएका तिनै काँग्रेसका उम्मेद्धार द्रोणबहादुर खत्रीले ५८२ मत ल्याउन सफल हुनुभयो । उहाँले यो पटक मतान्तर नकै घटाउनुभएको देखिन्छ ।

यस्तो मतपरिणामले वडाध्यक्षमा विजयी देवप्रसाद कोईराला आफैं खुसी हुन सक्नुभएन । उहाँ स्वयमले यो चुनाव गणीतिय रुपमा जितेपनि नैतिक रुपमा नेकपा पार्टीले हारेको महसुस गर्नुभयो ।

मतगणना स्थलमा पुगेका कार्यकर्ताहरुले एकैस्वरमा प्रश्न गर्दै भने–आज हामी कोही खुसीका साथ नाराबाजी गर्दैनौं,आज नेकपा पार्टीले हारेको छ,यसमा हामी कदापी खुसी हुन सक्दैनौैं,यसको जिम्मा गुटबन्दी गर्दै हिड्नेहरुले लिने कि नलिने ? यसको हिसाव किताव हुनुपर्छ ।”

उनिहरु भन्दै थिए–“हामीलाई रातदिन सुर्यमा भोट माग्न रातदिन जनताको घरदैलोमा पठाउने,हाम्रै केहि नेताहरु तिमीहरुचाँहि भित्रभित्रै रुखमा भोट हाल्न उक्साउदै हिड्ने ?,”

एक पक्षले नैतिक रुपमा नेकपाले सोचेजत्ति मत हाँसील गर्न नसक्नको जिम्मेवारी हाल कोईरालालाई टिकट दिने नेतृत्वले लिनुपर्ने बताएलगत्तै अर्कोपक्ष खनिए । अर्को पक्षको भनाईमा यसको नैतिक जिम्मेवारी हालको नगरपालिका नेतृत्वले लिनुपर्छ ।

नेकपा काभ्रेका नेता हरिशरण दाहालले पनि यहाँको मतपरिणमप्रति आश्चर्य प्रकट गर्नुभएको छ । समाजिक सञ्जालमा व्यक्त उहाँको प्रतिक्रिया छ–“अचम्म भो त !”

कार्यकर्ताहरुले नेताहरुको आ–आफ्नो स्वार्थमा पार्टी नसिध्याउन खवरदारी गरेका हुन् ।

यहाँको उम्मेद्धार छनौटका क्रममा नेकपाभित्र ठूलै रस्साकस्सी चलेको थियो ।

त्यत्तिबेला स्थानिय र हालको नगरपालिका हाँक्ने नेतृत्वबिचमा भएको अन्तरसंघर्ष र तिनैको असर यो मतपरिणम सार्वजनिक भएसँगै सतहमा आएको नेकपा काभ्रे स्रोतले बतायो ।

यस कारण अब काभ्रे नेकपामा यो घटनाले एक खालको तरंग उत्पन्न गराएको छ ।

भिडियोसहित हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !