
-
नमोबुद्ध संवाददाता
धुलिखेल–काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ को उपचुनावमा १ हजार ५ सय २ मत खसेको छ ।
१८७७ मतदाता रहेको यस वडामा वडाध्यक्षका लागि शनिबार भएको उपचुनावमा अन्तरगतको मतदानमा करिव ८० प्रतिशत स्थानियले सहभागिता जनाएका हुन् ।
जस अन्तरगत ‘क’ मतदान केन्द्रमा ७७० मत खसेकोमा ३८३ महिला थिए भने ‘ख’ मतदान केन्द्रमा ७३२ ले मत हालेकामा ३७१ महिला थिए ।
यो पटकको मतदानमा उत्साह उत्साह कम देखिनुका साथै अघिल्लो चुनावको तुलनामा मत पनि केहि कम खसेको पाईएको छ ।
यहाँको उपचुनावमा नेकपा,नेपाली काँग्रेस लगायत ४ दलले सहभागिता जनाएका छन् ।
तत्कालिन एमालेबाट उम्मेद्धारी दिई निर्वाचित वडाध्यक्ष राजन कोईरालाको निधन भएकाले यहाँ उपचुनाव भएको हो ।
मतदान सकिएकोले मत सहितको पेटिका मतदान अधिकृतको कार्यालय धुलिखेल ल्याएलगत्तै राती ८ बजेपछि मतगणना थाल्ने तयारी भईरहेको छ ।
तस्विर सौजन्य : अधिकारकर्मी भोजराज तिमल्सिना