-
नमोबुद्ध संवाददाता
काठमाडौं–दोलखा कला प्रवद्र्धन समाज, काठमाडौँले यो पालीको तिहारमा देउसीभैलो खेलेबापत् उठेको रकम परम्परागत कला तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि खर्चिने भएको छ ।
मौलिक नेपाली कला र संस्कृति हराउँदै गइरहेको अवस्थामा परम्परादेखि चलिआएको संस्कृतिको जगेर्नाका लागि देउसीभैलो खेलिएको बताउँदै समाजका अध्यक्ष गायक जीतबहादुर खड्काले दानबापत् उठेको रकम पनि संस्कृति बचाउन खर्च गरिने जानकारी दिनुभयो ।
संकलित रकम परम्परागत तथा मौलिक पहिचान प्रपद्र्धनमूलक काममा खर्च गर्नेबारे संस्थामा छलफल भईसकेको उहाँको भनाई छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दोलखा कला प्रवद्र्धन समाजको देउसीभैलो आकर्षक र पूर्ण मौलिक भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।
समाजको देउसीभैलो कार्यक्रम सभ्य र मर्यादत भएको लोकगायक असिमकुमार कटुवालले बताउनुभयो ।