• नमोबुद्ध संवाददाता

काठमाडौं–भोजपुर मातृभूमि भई काठमाडौँको बौद्ध–जोरपाटी क्षेत्रमा बसोबास गरी भोजपुरे समुदायको सेवा गर्ने उद्देश्यका साथ चार वर्षअघि स्थापना भएको भोजपुर मातृभूमि बौद्ध–जोरपाटी एकता समाज, काठमाडौँले नयाँ नेतृत्व पाएको छ ।

हालै सम्पन्न समाजको चौथो साधारण सभाले गोविन्द बस्नेतको अध्यक्षतामा समाजको नयाँ नेतृत्व चयन गरेको हो । सभाले उपाध्यक्षमा ज्वाला श्रेष्ठ केसी, सचिवमा मनकुमार शेर्पा, सहसचिवमा पदम राई र कोषाध्यक्षमा देवराज श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

सदस्यमा विष्णु श्रेष्ठ, सरस्वती प्रधान, पेमनुरी शेर्पा र दीपा श्रेष्ठ चयन भएका छन् ।  साधारणसभाले बाबुराम केसी, रोहितकुमार श्रेष्ठ, लेखराज श्रेष्ठ, नारायणप्रसाद गौतम, चन्द्रबहादुर श्रेष्ठ र छत्रबहादुर केसी रहेको ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने कानुनी सल्लाहाकारमा डम्बरबहादुर कार्की चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले भोजपुरको समग्र इतिहास समेटेर ‘भोजपुर दर्पण’ नामक ग्रन्थ प्रकाशनको तयारीमा समाज लागिरहेको बताउनुभयो । समाजले विभिन्न सामाजिक तथा परोपकारी कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !