• नमोबुद्ध संवाददाता

धुलिखेल–काभ्रेको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगा छेउ डाला वेशीस्थित रोशी खोलामा आश्चर्य चकित तुल्याउने दृश्य देखिएको छ । खोलाको पानीभित्र बुद्ध भगवान जस्तो,कहिले शिव भगवानको रुप भएको आकृति देखिन्छ ।

सोमबार स्थानिय एक बालकले यस्तो भेट्टाएको खबर आएपछि मंगलबार गाउँपालिका अध्यक्ष डिवि माक्तान तामाङको टोली अनुसन्धानका लागि पुगेको छ ।

भित्र छामेर हेर्दा ठूलो ढुंगा रहेको तर कुनै आकृति भने कुंदिएको जस्तो नरहेको अध्यक्ष मोक्तानले बताउनुभयो ।

यसबारे बुधबार थप अनुसन्धान गर्ने उहाँले बताउनुभयो । भगवानको प्रकट भएको विश्वासका साथ केहि स्थानियले भने पुज्न थालेका छन् ।

हेर्नुहोस् भिडियोसहित

प्रतिक्रिया दिनुहोस !