• नमोबुद्ध संवाददाता

धुलिखेल–सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ अरनिको सुकुटेस्थित अरनिको राजमार्गमा आइतबार दिउँसो भएको बस दुर्घटनाका अधिकांश घाईतेहरुकोे धुलिखेल सामुदायिक अस्पताल धुलिखेल र शीर मेमोरियल अस्पताल बनेपामा उपचाररत छन् ।

दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको बस आभेर लोड र तिव्र गतिमा हुंइक्याउदा सुकुटेस्थित अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा १७ को मृत्यु र ५० भन्दा बढि घाईते भएकामा घाईतेहरुको उपचार भईरहेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल अस्पतालमा उपचार भइरहेका ४७ मध्ये १४ जना उपचारपश्चात् घर फर्किसकेको र चार जनालाई थप उपचारका लागि  काठमाडौं पठाइएको छ । ३ जनाको शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

घाइतेहरुको अवस्था बुझ्न अस्पताल आउनुभएका दोलखाका पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, सङ्घीय सांसद पार्वत गुरुङ र शैलुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष किरण बस्नेत लगायतले घाइतेको उपचार सहज बनाउने तथा आवश्यक व्यवस्थापनमा सहजिकरण गरिरहेको बताउनुभयो ।

अस्पतालमा २ सहित मृत्यु हुने १७ पुग्यो

घाइते भई धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना भएका १–१ जनाको मृत्यु भएपछि मृतकको संख्या १७ पुगेको छ । उपचारको क्रममा मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ्गेश्वरी गाउँपालिका–५ की ५२ वर्षीया चेतकुमारी बस्नेत र दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नं ४ का छ वर्षीया सलिना तामाङ हुन् ।

यो खबर तयार पार्दासम्म सुकुटे दुर्घटनाका मृतकहरुमध्ये १४ को सनाखत भएको छ । मृत्यु हुनेमा पुरुष १,महिला ७,बालक ६ र बालिका ३ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले स्पष्ट पार्नुभयो ।
यहाँ हेर्नुहोस् :

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !