• नमोबुद्ध संवाददाता

काठमाडौँ — निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंमा बयान दिने क्रममा आफू पिडित भनिएकी महिलाको कोठामा नपसेको बयान दिएका छन् ।

यसकारण पनि उनीमाथि बलात्कारको प्रयास गरेको झुटो आरोप लागेको दाबी गरेका छन् ।

जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा शुक्रबार बयान दिँदै महराले आफू कोठानजिकै गएको स्वीकारेपनि कोठाभित्र पसेर त्यस्ता अनैतिक काम नगरेको बयान दिएको बताइएको छ ।

पीडितलाई पनि नभेटेको भनि बयान दिएसँगै महरासँगको बयान सकिएको छ ।

अब आइतबारदेखि थुनछेक बहस सुरु हुने र त्यसपछि आदेश हुने अदालत स्रोतले जनाएको छ ।

थुनछेक आदेशमा के होला ?

  • प्रचलनअनुसार मुद्दाको किनारा नलागुन्जेल आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश दिनेछ ।
  • ३ वर्षभन्दा बढी कैद मागदाबी गरिएको मुद्दामा अदालतले पुर्पक्ष थुनामा राख्ने आदेश दिन सक्छ ।
  • आरोपितविरुद्धको प्रमाण गम्भीर नभएमा अदालतले धरौटी वा साधारण तारेखमा समेत छाड्ने आदेश दिन सक्छ ।

महरा प्रकरणको सवालमा निरन्तर सुनुवाइको निवेदन परेको देखिन्छ । त्यसैले थुनछेक आदेशलगत्तै मुद्दाको सुनुवाइसमेत हुन सक्ने अदालत स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस !