नोभेम्बर २ सम्म दर्ता गरिसक्न तामाङ घेदुङ ,इजरायलको अनुरोध

!

नमोबुद्ध संवाददाता

काठमाडौं–बिश्व भरी छरिएर रहेका सम्पुर्ण तामाङ भाषी साहित्यकार एवम साहित्यप्रेमी तामाङहरुलाई लक्षित गर्दै इजरायलमा हुने ‘प्रथम अन्तराष्ट्रिय तामाङ (ह्वाइखा)कविता प्रतियोगिताको तयारी सुरु भएको छ ।

इजरायलमा कार्यरत तामाङहरुको गौरवमय छाता संस्था नेपाल तामाङ घेदुङ, इजरायलको पाँचौ बार्षिकोत्सवको अवसरमा शिक्षालाई प्राथमिकता दिनुुपर्छ भन्ने उद्देश्य अन्तरगत मातृभाषाको बिकास र उत्थान केन्द्रित ह्वाइखा प्रतियोगिता आगामी १५ नोभेम्बर २०१९(कात्तिक २९ गते शुक्रबार साँझ) सम्पन्न गर्ने गरी तयारी थालिएको हो ।

प्रतियोगितामा बिश्व भरीका जुनै पनि तामाङ भाषी साहित्यकार एवम साहित्यप्रेमी तामाङहरुले “लोप्खाङ “(बिद्यालय) शिर्षकको कवितासहित भाग लिन मिल्ने मापदण्ड बनाएको घेदुङ इजरायलका भाषा साहित्य विभाग प्रमुख एवम् प्रथम अन्तरारष्ट्रिय तामाङ ह्वाइखा प्रतियोगिता (२०१९) का संयोजक नानीमाया योञ्जन तामाङले बताउनुभयो ।

ह्वाइखा यहि अक्टोबर १८ शनिबार बिहान ७ बजे देखि नोभेम्बर २,इजरायलको समय राती १२  बजेसम्ममा पठाईसक्न आह्वान गरिएअनुसार केहि ह्वाइखाहरु प्राप्त हुन थालेको संयोजक तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको तयारी अन्तरगत ह्वाइखा आह्वान,संकलनका साथै व्यवस्थापकिय कामहरु भईरहेको छ । प्रतियोगितामा भाग लिई प्रथम,द्धितिय , तृतीय र सान्त्वनालाई समेत नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत एवम् सम्मानित गरिनेछ ।

प्रतियोगिताका लागि ह्वाइखा(कविता)हरु अनलाइनमार्फत आह्वानका साथै स्रष्टाहरुको सिर्जना भिडन्त ऐतिहासीको बन्ने उहाँको दावी छ ।

यो सुवर्ण मौका !

१.प्रथम हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया .१५,००० ( पन्ध्र हजार )नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिनेछ ।

२.द्धितीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया १०,००० (दस हजार )नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिनेछ ।

३.तृतीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया ५,०००(पाँच हजार ) नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिनेछ ।

४.चौथो हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया १५००(पन्ध्र सय)सान्त्वना पुरस्कार र प्रमाण पत्रबाट सम्मान गरिनेछ ।

५.सम्पूर्ण सहभागी प्रतियोगिताहरु सबैलाई प्रशंसा पत्रबाट सम्मान गरिनेछ ।

५. बिजेताहरुको ह्वाइखा (कविता) लाई कार्यक्रममा वाचन गरी सुनाइने छ । साथै सहभागी सम्पूर्ण प्रतियोगीहरुको रचनालाई तामाङ अनलाइन मार्फत नाम थर र ठेगाना सहित प्रकाशन गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिन थप नियम तथा मापदण्डहरु के के छन् ?

१.ह्वइखा(कविता) को शीर्षक “लोप्खाङ “(बिद्यालय) हुनुपर्नेछ ।

१).कविता अधिकतम १०० शब्द भित्र हुनु पर्नेछ ।

२.प्रतियोगितामा संसार भरिका तामाङ महानुभावहरुले भाग लिन सक्नु हुनेछ ।

३.आफ्नो ह्वाइखासंगै पासपोर्ट साइजको एक प्रति फोटो सहित स्थाइ र अस्थाई ठेगाना र सम्पर्क नम्बर पठाउनु पर्नेछ ।
४.ह्वाइखा नेपाल तामाङ घेदुङ इजरायलको इमेल israelghedung@gmail.com अथवा इन्बक्समा वा संयोजक समितिका सदस्यहरु नानीमाया योन्जन तामाङ,सुन्दर योञ्जन तामाङ,विवि लामा तामाङको फेसबुक इन्बक्समा पनि पठाउन सक्नु हुनेछ ।

५.प्रतियोगितामा समावेश गराईने ह्वाइखा (कविता) यहि अक्टोबर १८ तारीख शनिबार बिहान ७ बजे देखि नोभेम्बर २ तारिख इजरायलको समय राती १२  बजेसम्ममा प्राप्त भइसक्नुपर्नेछ ।

६.प्राप्त ह्वाइखा (कविता)हरु क्रमबद्ध रुपमा संकलन गरिनेछ ।

७.प्राप्त सबै ह्वाइखा (कविता) हरु संकलन गरि निर्णयको निम्ति सम्बन्धित बिधामा अनुभवी दखल ब्यक्तित्वको तीन सदस्यीय निर्णायक मण्डल समक्ष पठाइनेछ ।

८.निर्णायक मण्डलले निर्णय गरेको निर्णय नै अन्तिम निर्णय मान्नु पर्नेछ ।

९.बिजेता घोषणा नेपाल तामाङ घेदुङ, इजरायलको पाचौं बार्षिकोत्सव कार्यक्रम २०१९ नोभेम्बर १५ तारीख शुक्रबार साँझ गरिनेछ ।

धन्यबाद ।

प्रतिक्रिया दिनुहोस !