- नमोबुद्ध संवाददाता
अरबसागरमा बनेको ‘क्यार’ नामक चक्रवातको कारणले नेपालमा पनि यसको असर परेको छ ।
चक्रवातका आंशिक प्रभाबका कारणले काठमाण्डौं लगायत देशका विभिन्न ठाँउको मौसममा बदली आएको छ ।
मौसमविद् मन्जु बासीले पूर्वका झापा, मोरङ लगायतको क्षेत्रमा हावाहुरी सहितको वर्षा हुने सम्भावना रहेको र प्रदेश नम्बर १र३ को हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात समेत हुन सक्ने अनुमान गर्नुभएको छ ।
उहाँका अनुसार “चक्रवातको प्रभाब पूर्वतर्फ सरिरहेकाले काठमाण्डौं उपत्यका लगायतका मध्य क्षेत्रको मौसम शनिबार र आइतबारदेखि खुल्नेछ तर पूर्वी क्षेत्रमा भने मौसम बदली भई केहि ठाँउमा हल्का पानी पर्नेछ ।”
अहिले प्रदेश १ ,२ र ३ का धेरै ठाउँहरुको मौसममा बदली आएको छ ।