• नमोबुद्ध सवांददाता

बनेपा–सहकारी आन्दोलनमा प्रख्यात नाम विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था निरन्तर उकालो चढ्दो छ ।

कारोबार,आर्थिक सुशासन तथा सम्बन्धका कारण काभ्रेपलाञ्चोक जिल्लामा मात्र नभई अन्तराष्ट्रिय रुपमा चर्चित यिनै सहकारीको २६औं वार्षिक साधारण सभा एवं दोस्रो क्षेत्रीय भेलाबाट थप उत्साह छरेको छ ।

यसले बुधबार आफ्नो नियमित वार्षिक साधारण सभाका साथै दोस्रो क्षेत्रिय भेला दुई चरणमा गरी सम्पन्न भएको जनाउँ दिईरहदा सेवाग्राहीमा उत्साह छाएको हो ।

साना पूँजीबाट माथि उठेको यस सहकारी ठूला विकास बैंकलाई टक्कर दिने स्थान तय गर्दैछ । जनस्तरमा गई जनतामूखि कार्यक्रमहरु ल्याउनुलाई यस संस्थाको सफलताको कडी मानिएको छ । जसले शेयर सदस्यहरुलाई यसप्रति अपनत्व जगाएको छ ।

संस्थाले आ.व ०७५÷०७६ मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को प्रावधिक सहयोगमा अक्कुबाट संचालित एक्सेस कार्यक्रममा पुन एक्सेस ब्राण्ड नविकरण गर्न समेत सफल भएको छ ।

हाल संस्थाको कुल पुँजी २ अर्ब ७० करोड ५४ लाख, ७ हजार ७ सय ७ रहेको जानकारी दिईएको छ । यसमा शेयरपुँजी २८ करोड ८६ लाख २६ हजार ९ सय, निक्षेप संकलन १ अर्ब ९९ करोड ४० लाख ३० हजार ९ सय ९ र ऋण लगानी २ अर्ब ११ करोड ९० लाख ५५ हजार १ सय ६५ रहेको छ ।

साधारण सभामा संस्थाको हालसम्म ३४ हजार २ सय १८ शेयर सदस्य र शैक्षिक बालबचतकर्ता ७ हजार १ सय ३५ गरी जम्मा सेवाग्राही ४१ हजार ३ सय ८२ रहेको कार्यक्रममा जानकारी गराईएको छ ।

ठाउँठाउँमा सभा र भेला

यस सहकारीले पहिलो चरणको कार्यक्रम अन्तरगत गत असोज ३ गते शुक्रबार क्षेत्रीय अन्तर समिति कार्यालय बनेपा, ढुंखर्क र पाँचखालमा सम्पन्न गरेको जनाएको छ । यस्तै दोस्रो चरण अन्तर्गत असोज ४ गते शनिवार खोपासी, पनौती र भकुण्डेमा सम्पन्न भएको थियो ।

क्षेत्रीय अन्तर समिति बनेपामा संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको सभापतित्वमा एवं बनेपा नगरपालिकाका उपप्रमुख रेखा दाहालको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यालय व्यवस्थापक रामचन्द्र थापाले बनेपा कार्यालयको असोज २ गतेसम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसैगरि संस्थाको एकमुष्ट विस्तृत प्रतिवेदन लेखा तथा प्रशासन विभागका विभागिय व्यवस्थापक त्रिलोचन घिमिरेले प्रस्तुत गर्नुभयो ।

कार्यक्रमा सचिव रामशरण भण्डारीले आफ्नो प्रतिवेदन सहित आगामी २०७७/७८को प्रस्तावित कार्यक्रम एवं विनियम संसोधन प्रस्ताव पेश गर्नुभयो भने कोषाध्यक्षको प्रतिवेदन एव प्रस्तावित कार्यक्रम संचालक समिति सदस्य देवकी हुमागाईले पेश गर्नुभयो ।

त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिका सदस्य सुशीला वादे कतिलाले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

त्यसैगरी क्षेत्रीय अन्तर समिति ढुंखर्कमा संस्थाका कोषाध्यक्ष शान्त कुमार श्रेष्ठको सभापतित्वमा एवं बेथानचोक गाउपालिकाका प्रमुख प्रेम वहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यालय व्यवस्थापक राजेन्द्र बन्जाराले ढुंखर्क कार्यालयको असोज २ गतेसम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने संस्थाको एकमुष्ट विस्तृत प्रतिवेदन प्रमुख व्यवस्थापक के.वि. लामा स्याङतानले प्रस्तुत गर्नुभयो ।

संस्थाका सचिवको प्रतिवेदन तथा आगामी २०७७/७८को प्रस्तावित कार्यक्रम एवं विनियम संसोधनसम्वन्धमा संचालक सदस्य राजेन्द्र गुरागाईले प्रस्ताव पेश गर्नुभयो भने सभापति एवं संस्थाका कोषाध्यक्ष शान्त कुमार श्रेष्ठले आफ्नो कोषाध्यक्षको प्रतिवेदन एवं प्रस्तावित कार्यक्रम पेश गर्नुभयो ।

लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुन्दर श्रेष्ठले आन्तरिक लेखापरीक्षण तथा वाह्य लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
क्षेत्रीय अन्तर समिति पाँचखालमा संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भयो ।

कार्यालय व्यवस्थापक सुरज अधिकारीले पाँचखाल कार्यलयको असोज २ गतेसम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका गर्नुभयो भने संस्थाको एकमुष्ट विस्तृत प्रतिवेदन सूचना प्रविधि एवं तालिम प्रशिक्षण विभागका विभागिय व्यवस्थापक मित्र प्रसाद दाहाले प्रस्तुत गर्नुभयो ।

संस्थाका सचिवको प्रतिवेदन तथा आगामी २०७७÷७८को प्रस्तावित कार्यक्रम एवं विनियम संसोधन सम्वन्धमा संचालक सदस्य डोरेन्द्रराज सापकोटाले प्रस्ताव पेश गरेका गर्नुभयो भने संचालक सदस्य भिम वहादुर के.सीले कोषाध्यकोे प्रतिवेदन एवं प्रस्तावित कार्यक्रम पेश गरेका गर्नुभयो।

त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिका सदस्य रामकुमार श्रेष्ठले आन्तरिक लेखापरीक्षण तथा वाह्य लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका गर्नुभयो ।

यसैगरी क्षेत्रीय अन्तर समिति खोपासीमा संस्थाका उपाध्यक्ष भिमसेन सापकोटाको सभापतित्वमा एवं संस्थाका पूर्व अध्यक्ष भरत प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ ।

क्षेत्रीय अन्तर समिति पनौतीमा संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा एवं पनौती नगरपालिकाका कार्यबाहक मेयर गिता बन्जाराको प्रमुख आतिथ्यतामा तथा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामहरी के.सी.को विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

क्षेत्रीय अन्तर समिति भकुण्डेमा संस्थाका सचिव रामशरण भण्डारीकोको सभापतित्वमा एवं रोशी गाउँपालिका अध्यक्ष डि.वि लामाको प्रमुख आतिथ्यतामा तथा नमोबुद्ध नगरपालिकाका उपमेयर रामदेवि तामाङ, तिमाल गाउपालिका अध्यक्ष सलाम सिं तामाङ र रोशी गाउपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैलाको विशेष आतिथ्यतामा सम्पन्न भयो ।

सोही अवसरमा संस्थाले आफ्ना सदस्यलाई जेष्ठ सदस्य सम्मान, उत्कृष्ट एस.ई.ई सम्मान, अपाङ्ग सदस्य सम्मान, उत्कृष्ट लघुवित्त तथा मिश्रीत समुह सम्मान, उत्कृष्ट शैक्षिक बालबचतकर्ता सम्मान तथा उत्कृष्ट अधिकतम शेयर खरिदकर्ता सम्मान प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस !