• नमोबुद्ध संवाददाता

कुन्तावेशी–यो पटक संघीय सरकारले भने बमोजिम चौथो संविधान दिवसलाई राष्ट्रिय दिवसकै रुपमा मनाउन काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगरको केन्द्रमा समारोहको आयोजना गर्यो ।

शुक्रबार ठिक मध्यान्नतिर बाजागाजा सहित संयौको र्याली नगर कार्यापालिकाको कार्यालय हुदै कुन्तावेशीतर्फ अघि बढ्दै थियो तर बजार चोकमै प्रमुख अतिथि भनेर जसको फोटो सहितको व्यानर झुण्ड्याईएको थियो,ति पात्र र्यालीमा नदेखिदा स्थानियको अनुहार मलिन देखिन्थे ।

आधा घण्टाको र्याली सकेर औपचारिक समारोह अन्त्यतिर आईसक्दा पनि तिनै पात्र अर्थात प्रमुख अतिथिका रुपमा निम्त्याईएको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा (यिनै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित)को आगमन नहुंदा कि आयोजकले झ्क्याए कि मण्डन देउपुरको नेकपा राजनीतिमा खटपट छ भन्ने अनुमान गर्दै केहिले खासखुस गर्न थाले ।

निर्धारित प्रमुख अतिथि बाँस्कोटा लगत्तैको मर्यादाक्रममा राखिएका प्रदेशसभा सदस्य(यिनै क्षेत्रबाट निर्वाचित) लक्ष्मण लम्साल (जो नेकपाको केन्द्रिय राजनीतिमा बाँस्कोटाभन्दा फरक खेमा–जिल्लामा वाईबासँगैको समुहको मानिन्छ ) को मन्तव्य सकिनै लाग्दा पनि मन्त्रीको आगमन नभएपछि कार्यकर्ता पंक्तीमा त्यो अनुमानले झनै गाढा डेरा जमाउन थालेको थियो ।

आयोजकले भने सार्वजनिक रुपमै प्रमुख अतिथि मन्त्री बाँस्कोटा व्यस्तताका कारण अलि ढिला आउँदै गरेको जानकारी गराईनैरहेको थियो ।

कार्यक्रमलाई भव्य बनाउन र मन्त्री बाँस्कोटालाई पर्खेकै हो भन्ने भान दिलाउन पनि कार्यक्रमको मध्य मध्यमा संविधान र संविधान दिवसबारे कविता,गीत,नृत्य प्रस्तुतीजस्ता अतिरिक्त गतिविधि भईनैरहेको थियो तर केहि कार्यकर्ता यसमा ढुक्क भईरहेका थिएनन् ।

अन्ततगत्व : विशिष्ट अतिथि लम्सालको मन्तव्य सकिनै लाग्दा अन्त्यतीर जब मन्त्री बाँस्कोटाको आगमन भयो,कार्यकर्तादेखी सर्वसाधारणसम्म खुसीको सञ्चार भयो ।

लम्सालले आफ्ना मन्तव्य सकाउनुअघि स्वयम् आफैंले पोडियम स्पीचबाटै प्रमुख अतिथिको रुपमा स्वागत तथा आसनग्रहणका लागि मन्त्री बाँस्कोटालाई अनुरोध गरेपछि माहौल सौहार्दपूर्ण बन्दै गयो तर लम्साल भने प्रमुख अतिथिको मन्तव्य आउनुपूर्वनै मञ्चबाट बाहिरिनुभयो।

लम्सालको मन्तव्यपछि कलाकार राजेश ढकाल र स्मृति गौतमको दोहोरी सुरु भयो,कलाकार द्धयले मन्त्री बाँस्कोटालाई पनि नाच्न बारम्बार अनुरोध गरेपछि स्टेज अघि उभेर जनतालाई अभिवादनमात्रै गरेर नाच्न असमर्थ रहेको जनाउ दिनुभयो ।

अन्य अतिथिगण आ–आफ्नै शैलीमा नाच्दै थिए तर हत्तपत्त नगर प्रमुख(मेयर) टोक बहादुर वाईबाले आफ्नो हातमा रहेको राष्ट्रिय झण्डा मन्त्री बाँस्कोटालाई थमाउनुभयो अनि झ्याप्प अंगालो हाल्नुभयो, संगै नचाउनुभयो , जब मन्त्री बाँस्कोटा र मेयर सँगै नाच्न थाल्नुभयो अनि मञ्चअघिल्ला वरिपरि जम्मा भएका जनताबाट गडगडाहट ताली बज्यो ।

वास्तवमा पछिल्ला वर्ष काभ्रेको राजनीतिमा यि दुई पात्र पार्टिका फरक फरक खेमामा उभिदै आएका छन् । अहिले पनि बाँस्कोटा नेकपा अध्यक्ष केपी ओली र वाईबा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मानिन्छ ।

वाईबा यहि खेमाबाट अधिवेशनमा तत्कालिन एमाले जिल्ला अध्यक्ष हुनुभएको थियो, त्यहि बेलादेखी यि पात्रको दुरी बढेको हो,एउटै गाउँमा जन्मेर एउटै पार्टि राजनीतिमा उदाएका यि दुई पात्र तत्कालिन माओवादी एमालेबिचको एकतापछि बनेको नेकपाभित्र पनि फरक फरक धुर्वमै छन् ।

केन्द्रले तोकेको कार्यविभाजन अनुसार वाईबा नेकपा काभ्रेको सचिव हुनुहुन्छ,पूर्व माअीवादीभित्रको चरम गुटबन्दी र पूर्व एमालेभित्र पनि नमेटिएको यो खटपटले नेकपा काभ्रे अघि बढ्न नसकेको आरोप लागिरहेकै छ ।

तर शुक्रबार मण्डन देउपुरको कुन्तावेशीमा देखिएको यो दृश्य देखेका नेता द्धयका कट्टर कार्यकर्ताले समेत सकारात्मक प्रतिक्रिया दिएका छन्,यसप्रति उनिहरुले खुसी व्यक्त गरेका छन् ।

उनिहरुले यसलाई नेता द्धयमा यो पटकको संविधान दिवसको दिन सौहार्दपूण वातावरण बनेको संकेतको रुपमा लिएका छन् । पार्टिभित्रको एकता,गतिशिल संगठन निर्माणबाट सरकारले लिएको संमृद्धिको सपना पुरा गराउन मुख्य भुमिका पुग्ने उनिहरुको निचोड छ ।

“यो संविधान सानो दुखले आर्जेको हैन”

कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले भन्नुभयो–“यो संविधान सानो दुखले आर्जेको हैन,जनताको रगत पसिनासँग साटिएर आएको हो,जनताको संघर्षबाट पाएको व्यवस्थालाई संस्थागत गर्न जुन दिन यो संविधान जारी भयो यो दिन जनताको विजयी दिन हो, यसलाई जनउत्सवको रुपमा यसरीनै मनाउनुपर्छ ।”

आजको शक्ति राष्ट अमेरिकामा समेत ५२ प्रतिशत प्रतिनिधिले पास गरेको संविधान विद्यमान रहेको उदाहरण दिदै उहाँले नेपालमा जनताबाट निर्वाचित ९१ प्रतिशत जनप्रतिनिधिले पास गरेको संविधानलाई नमान्नुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो ।

मधेशवादी दल र केहि आदिवासी जनजाती संगठनप्रति ईंगीत गर्दै उहाँले भन्नुभयो–“केही केही असन्तुष्टिहरु देखिएका छन्,बसेर छलफल गर्न सकिन्छ,यो अपरिवर्तनिय चिज त हैननी तर मुलुकको प्रगतिलाई रोक्नेगरी,जनताको भावनासँग खेलवाड गर्नेगरी निहु खोजे जनताले ठेगान लगाउँछन् ”

नगरस्तरिय संविधान दिवस मुल समारोह समितिका अध्यक्षता गर्नुभएका मेयर वाईबा र मन्त्री बाँस्कोटाको बोली एकै थियो,संघ,प्रदेश र स्थानिय तहका सरकार मिलेर गाउँगाउँसम्म समृद्धि हासीले गर्नुपर्नेमा जोड दिदै उहाँले यसको मुल कुरो संविधानप्रति गर्व गर्नुपर्ने बताउनुभयो ।

मेयर वाईबाले भन्नुभयो –“२,३ र ४ गते सम्म हामी सबैले भव्यताका साथ संविधान दिवस मनाऔं ,घरघरमा झण्डा राखौं,दिपावली गरौं,भएका उपलब्धीप्रति गर्व गरौं”

भिडियोसहित :

 

प्रतिक्रिया दिनुहोस !