• शिशिर दोङ

तेमाल–काभ्रेपालाञ्चोकको तेमाल गाउाँपालिका वडा नम्बर २ ले शुक्रबार आफ्नै कार्यालयमा औपचारिक कार्यक्रम गरी संविधान दिवस मनाएको छ । वडा भरिका शिक्षा प्रेमी,कर्मचारी ,बुद्धिजीवी ,राजनितीज्ञ तथा स्थानियको सहभागीतमा यो दिवस मनाएको हो ।

वडाध्यक्ष तिमाल सिं तामाङको अध्यक्षता र पुर्व गाबिस अध्यक्ष एवम् नेकपा नेता संग्रम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधानक प्राप्ती र यसको उपलब्धीबारे चर्चा गरिएको थियो ।

प्रमुख अतिथी सङग्राम तामाङले नेपालको संविधान विश्वभरिकै उत्कृष्ट रहेको दावी गर्नुभयो । उहाँले यसमा सुनिश्चित गरिएका संघियता,धर्म निरपेक्षता,गणतन्त्र,जहाँ सिमान्तकृत समुदाय, आदिवासी जनजातिहरुको अधिकारका कुराहरुलाइ इमान्दारिताका साथ कार्यन्वयन गर्न कतै पनि चुक्न नहुने बताउनुभयो ।

स्थानिय बुद्धिजीवी बिरनन्द लामाले संविधानलाई नजिकबाट नियाल्ने र अनुभुती गर्ने बेला सुरु भईसकेको बताउनुभयो । यद्यपी मुलुकी ऐन,मुलुकी संहिता तथा संविधानलाई अध्ययन गर्नुपर्ने उहाँको भनाई छ ।

युग सुहाउँदो प्रबिधी हात हातमा भएकोले ईन्टरनेटबाट डाउनलोड गरि अध्ययन गर्ने गरेमा यसबारे स्पष्ट हुने र कार्यन्वयनमा आफ्नो भुमिका बोध हुने उहाँको धारणा छ ।

कार्यक्रममा भुमे माबिका प्रधानाध्यापक सानुमान तामाङ्ले संविधान कार्यन्वयनमा जोड दिनुभयो । नेपाली जनता पराधिनताबाट सधैंका लागि मुक्त भएको सन्देश दिदै आफ्नो संविधान आफैं बनाउन सफल भएको उहाँको भनाई छ ।

जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट जारी संविधान कार्यन्वयनमा सबै पक्ष उत्तिकै संवेदनशील हुन जरुरी रहेको उहाँको धारणा छ ।

वडाध्यक्ष तिमाल सिं तामाङले जनताद्धारा ल्याईको संविधान जनताको रगत पसिना र संघर्षसँग साटिएको महत्वपूर्ण दस्तावेज रहेकोले यसप्रति जनतामा अपनत्व र उत्साह छर्न यसखाले कार्यक्रम गरेको स्पष्ट पार्नुभयो ।

कार्यपालिका सदस्य पार्वती श्रेष्ठले सबैको समान अधिकार,सामाजिक न्याय सहितको संविधानप्रति सबैको सम्मान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !