-
नमोबुद्ध संवाददाता
बौद्ध–तामाङ सुपरस्टार डम्फु मिडिया हाउसले एकैदिन राजधानीको एकै थलोमा दुई महत्वपूर्ण कार्यक्रम गरेको छ ।
शुक्रबार राजधानीको जेएफसी क्याफे(एउटै थलो) मा कलाको माध्यमबाट तामाङ समुदायको सांस्कृतिक,राजनीतिक तथा सामाजिक जागरणमा भुमिका खेल्दै आएका कलाकारहरुको बधाई ,सम्मान र नव गायिका मितेरी वाईबाको ‘मनले खाने च्याङ्बा’ सेलो गीत भिडियो सहित विमोचन तथा सार्वजनिक गरिएको हो ।
यसबाट पुष्टि हुन्छकी डम्फु मिडिया हाउस पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने संस्कार संस्थागत गर्न चाहान्छ ।
कार्यक्रममा सम्मान तथा बधाई ग्रहण पश्चात नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाईबाले एकले अर्काले गर्ने यस खाले सौहार्दपूर्ण व्यवहारले निकै उर्जा मिल्ने प्रतिक्रिया दिनुभयो । यस संस्कारले तामाङ समुदायको विकासमा महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।
अध्यक्ष वाईबा,उपाध्यक्ष विश्व दोङ,महासचिव विशाल काल्तान,सचिव रोहन फ्युबा,कोषध्यक्ष सुवास लामा,सदस्यहरु चाँदनी मोक्तान,फूलकुमार बम्जन,जोगलाल लामा,बुद्ध लामा,जितु लोप्चन,कुमार स्याङ्बो,खेम मोक्तान,प्रयास दोङ लगायतका कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि युएइका तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ र आयोजक संस्थाका अमिर दोङले खादा र सम्मान पत्रसहित सम्मान तथा बधाई ज्ञापन गर्नुभयो ।
डम्फु मिडिया हाउसले तामाङ कलकारहरुको छाता संगठन नेपाल तामाङ कलाकार संघको हालै सम्पन्न छैठौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन र सम्मान गरेको हो ।
शुक्रबारनै सार्वजनिक गरिएको म्युजिक भडियो सहितको गीत ‘मनले खाने च्याङ्बा’ तामाङ कला क्षेत्रमा थपिएको एउटा ईट्टाको रुपमा लिन सकिने अध्यक्ष वाईबाले बताउनुभयो ।
तामाङ चलचित्र जगतका चर्चित नायक तथा निर्देशक एवम् डम्फु मिडिया हाउसका सञ्चालक अमिर दोङको पनि यसमा दुई मत थिएन ।
दशक अघि कलाकार संघ स्थापना गर्दा संस्थाको कार्य समिति बनाउन समेत पुग्दो कलाकार नरहेको ईतिहास सुनाउँदै उहाँले प्रविधिको विकास र प्रतिस्पर्धाको युगमा नयाँ नयाँ प्रतिभाहरुको जन्म हुनु स्वाभाविक रहेको धारणा व्यक्त गर्नुभयो ।
बधाई तथा सम्मान ग्रहणका साथै यस गीत विमोचन भए लगत्तै सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउँदै कलकार संघका अध्यक्ष वाईबाले उल्लेख गर्नुभएको छ–“एउटा राम्रो सम्भाबना बोकेकी नव गायिका मितेरी तामाङ बहिनीको यो पहिलो म्यूजिक भिडियो आज सार्बजनिक भएको छ, सबैले माया गरी शेयर गरौं । नयाँलाई हौसला बढाऔं ।”
गीतमा वाइबा स्वयम्को शब्द र सङ्गित रहेको रहेको छ भने फनिन्द्र राइले सङ्गित संयोजन गर्नुभएको हो ।
गीतको भिडियोमा नायक अमिर दोङ र नायिका सुस्मा मोक्तानलाई देख्न सकिन्छ । भिडियोमा निर्देशन कला नायक दोङको नै रहेको छ ।
पत्रकारहरुलाई समेत उपस्थित गराई विमोचन गरिएको यो गीतका मोडल दोङ र मोक्तान द्धयले आफूहरुले गरेको मिहेनत अनुसार निकै खुशी रहेको र दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।
गायिका मितेरी वाईबाले स्रोताको प्रतिक्रियाले आफ्नो सांगीतक प्रयासमा सकारात्मक परिवर्तन आउने धारणा व्यक्त गर्नुभयो । भिडियो डम्फु मिडियाको युट्युव च्यानलमार्फत पनि हेर्न सकिने निर्देशक एवम् डम्फू मिडिया हाउसका सञ्चालक दोङले जानकारी दिनुभयो ।
(भिडियोसहित)
https://www.youtube.com/watch?v=ihLHcwKNpHE&feature=share&fbclid=IwAR0M2M0UHHpWmMeU8qrmsX7Ff5G54kDNvrKu-LPUGpGnlQoqJWJZ5HqTsyQ