• नमोबुद्ध संवाददाता

धुलिखेल–आज संविधान दिवस,मुलुकभर मनाईदैछ । सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा मनाउन हिमालदेखी तराईसम्मका सबैमा आह्वान गरेको छ ।

मुलुकका हजारौं जनताको रगत पसिना तथा संघर्षबाट प्राप्त महान उपलब्धी संविधान रहेको स्पष्ट पार्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान जारी भएको दिन असोज ३ गतेलाई जनताको विजय उत्सवको रुपमा मनाउनुपर्ने बताउनुभयो ।

संघियता,धर्मनिरपेक्षता तथा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सहित २०७२ सालमा दोस्रो संविधानसभाबाट जारी भएको संविधानको सम्मानमा मनाउने संविधान दिवसबारे उहाँले भन्नुभयो–“संविधान दिवस भव्यताका साथ मनाऔं,किनकी संविधान हामीले लडेर ल्याएका हौं,६० लाख जनता मैदान उत्रेका हुन्,तीन करोड जनताको मनको पनि साथ छ ।”

उहाँले स्थानिय विद्यालयदेखी,स्थानिय सरकार,प्रदेश सरकार हुदै सिंहदरबारतहसम्म झण्डोत्तलन, ऐतिहासिक संघर्ष तथा उपलब्धि बारे वृत्तचित्र प्रदर्शन, जागरणका सांस्कृतिक कार्यक्रमछ, दिपावली, छलफल,गोष्ठी,र्याली,भेटघाट,शुभकामना आदानप्रदान जस्ता कार्यक्रम गरी यो दिवस मनाउन सकिने उहाँको भनाई छ ।

यो दिन सार्वजनिक बिदा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो-“यो बिदा अरुबेलाको नीजि विदा जस्तो हैन,सेलेब्रेसनका लागि हो ।”

यसैबिच उहाँले संविधान दिवसको अवसरमा असोज ३ गते हनुमान ढोका दरवार संग्रहालय,पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालय भक्तपुर सर्वसाधारणका लागि निशुल्क प्रवेश गर्न खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो ।

भिडियाो सहित

प्रतिक्रिया दिनुहोस !