• नमोबुद्ध संवाददाता

धुलिखेल–कोशिपारि चौंरी देउराली गाउँपालिका वडा नं. ९ का नविन गौतम,जो एलिसा ईन्टरप्राईजेजका सञ्चालक हुनुहुन्छ,यसबाहेक उहाँले आफूलाई समाजसेवीको परिचय दिन खोज्नुभएको छ ।

यो कुरा आफ्नो जन्म दिनमा बृद्ध आश्रमलाई गरेको सहयोगबाट पुष्टी हुने देखिन्छ ।  उहाँले बिहिबार आफ्नो २२ औं जन्मदिनको अवसरमा पनौती नगरपालिका ९ मा रहेको प्राणनाथ माईति बृद्ध आश्रमका बृद्धबृद्धाहरुका लागि केहि सहयोग पुगोस् भनी नगद दश हजार रकम सहित लत्ता कपडा,फलफूल र एक दिनको भोजन सहयोग गर्नु भएको हो ।

चौंरी देउराली गाउँपालिका ९ बिरुवा टोलमा पिता नवराज गौतम र माता रिता गौतमकोकोख बाट जन्मनु भएका नविन गौतम सानो उमेरबाटनै समाजसेवी भावनाका हुनुहुन्छ ।

बिहिबार यसरी सहयोग पाएपछि प्राणनाथ माईति बृद्ध आश्रमको आमाबुबाहरुको अनुहारमा केहि न केहि खुसीको सञ्चार भएको छ ।

गौतमको यस्तो सामाजीक काम देखेर आफ्नो घर परिवारले पनि खुसि व्यक्त गरेका छन भने घर परिवारले गौतमको उक्त कार्यको मुल्याङकन गर्दै अझ हौसला प्रदान गरेको बताईएको छ । यसले थप सामाजिक कामहरुमा जोडिन आफूलाई प्रेरणा मिलेको गौतमले बताउनुभयो ।

आजका धेरै मानिसहरु देखावटीपनमा रम्दै आफ्नो जन्म दिन मनाउने गर्छन् । फजुल खर्च गरेर विभिन्न ठुला ठुला होटल तथा रेष्टुरेन्टमा जाने र मदिरा,लागु पदार्थ सेवन गरि भोज भत्तेर गर्ने चलन बस्दै गएको छ । तर नवीन गौतमले यस्तो नगरेकै कारण त प्राणनाथ माईति बृद्ध आश्रमका आमा बुबाहरुको मुहारमा खुसीको सञ्चार भएको हो ।

गौतम आफ्नो भुमि छोडी पराईदेशमा लर्को लाग्ने युवाहरुमा मिसिन चाहनुभएको छैन । आफ्नो जन्म भूमिमै केहि सिर्जनात्मक काम गर्ने उहाँको जोड छ । त्यसैको एउटा उदाहरण उहाँ एलिसा ईन्टरप्राईजेजका सञ्चालक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !