• नमोबुद्ध संवाददाता

काठमाडौँ–नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपालको संविधान’का विशेषतासम्बन्धी एक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

गोष्ठी संविधान दिवस (राष्ट्रिय दिवस)को उपलक्ष्यमा असोज २ गते बिहीबार प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय सभाकक्षमा दिउँसो २ बजे माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा आयोजना गरिने नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञसभा सदस्य एवम् सञ्चार प्रमुख शशी लुमुम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘नेपालका संविधानका विशेषताहरू’ विषयक उक्त विचार गोष्ठी पहिलो पटक प्रज्ञा–प्रतिष्ठानले आयोजना गर्न लागेको हो । गोष्ठीमा संविधानविद्हरूसमेतको सहभागिता रहने र त्यसमाथि चर्चापरिचर्चा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस !