• नमोबुद्ध संवाददाता 

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ ।

मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर फरक शैलीको यो सांस्कृतिक÷साङ्गीतिक कार्यक्रम असोज २ गते आयोजना गरिने भएको हो ।

सो दिन साँझ ५ बजे जमलस्थित सांस्कृतिक संस्थानको प्रेक्षालयमा हुने कार्यक्रममा कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति दिने सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ अशोक राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा १५ वटा नेपाली ठेट धुन प्रस्तुत हुने छ । राईले फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ ‘हामी १५ ठेट नेपाली धुन लियर आउँदैछौँ ।’ कार्यक्रममा सारंगीको संयोजन भरत नेपालीले गर्दैहुनुहुन्छ भने बाद्यबाधनमा भरत बुढाथोकी रहनुहुनेछ ।

कार्यक्रममा खुम केसी, सबिन लिम्बु, सन्तोष पाठक, संजोग मल्ल, किरण महर्जन, राजु महर्जन, बिजय तामाङ, डेनियल क्रिष्टिफर सुब्बा, आयुष्मा जोशी, राहुल मान्नधर, मौसम सुनुवार, सरुण मानन्धर, व्रत गन्धर्व, दिपेश नेपाली, धर्म गन्धर्व, अरुना गन्धर्ब र चिकारा मेडले सारंगीको धुन पस्कनुहुनेछ ।

त्यस्तै, कार्यक्रममा रत्न बिके, धन बहादुर गुरुङ, खड्ग बुडा, अनिल श्रेष्ठ, पोषन घर्ती र राम सुस्लिङको विभिन्न वाद्यवादन रहनेछ ।

कार्यक्रममा कला राई, मेनुका राई, निसा आङ्देम्बे, रनु थापा, गंगा राई, सञ्जय तुम्रोक, सीता सिंगकलगायतका गायक÷गायिका कोरसका रुपमा प्रस्तुत हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस !