नमोबुद्ध संवाददाता :

कुन्तावेशी–काभ्रेको मण्डनदेउपुर नगरपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थीदेखी स्रोतव्यक्तिसम्मलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

जनप्रतिनिधि,अभिभावक,विद्यार्थी,शिक्षक,कर्मचारी लगायत सयौंको सहभागितामा आईतबार कुन्तावेशी बजारमा र्याली आयेजना पश्चात गरिएको औपचारिक कार्यक्रममा विभिन्न प्रतिभाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

पूर्व संविधानसभा सदस्य कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको समारोहमा प्रमाणपत्रका साथ नगरप्रमुख टोक वहादुर वाईवाद्धारा खादा र उपप्रमुख निर्मला शाहीद्धारा अविर लगाएर नगरको शिक्षामा तदारुकताका साथ लाग्ने विद्यार्थी पुरस्कृत र शिक्षक,विद्यालय,विद्यालय व्यवस्थापन समिति,कर्मचारी र स्रोत व्यक्ति सम्मानित भएका हुन् ।

शिकाई उपलब्धि,नियमितता,क्रियाशिलता,सिर्जनशिलताका आधारमा ति व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिएको नगर शिक्षा समितिका सदस्य गोविन्दप्रसाद पराजुललीले बताउनुभयो ।

नगरभित्र रहेका ४० वटा सामुदायिक र ४ बालविकास केन्द्रमार्फत नगरको शैक्षिक गुणस्तरमा भुमिका खेल्ने उत्कृष्ठहरुलाई सम्मान दिएको नगरका सामाजिक विकास शाखा प्रमुख तथा शिक्षा समिति सदस्य झलक प्रसाद पौडेलको भनाई छ ।

को को भए परस्कृत ?

सामुदायिक विद्यालयबाट एसइइ उत्कृष्ठ⁄पुरस्कृत विद्यार्थी २०७५

१.अञ्जु तामाङ–महाकाली मावि,वडा नम्बर ४

२.अनिसा सापकोटा–महाकाली मावि,वडा नम्बर ४

३.सिसम वजगाईं–महाकाली मावि,वडा नम्बर ४

४.उज्वल डोटेल–व्रम्हायणी मावि,वडा नम्बर ६

संस्थागत विद्यालयबाट एसइइ उत्कृष्ठ⁄पुरस्कृत विद्यार्थी २०७५

१.सुस्मिता नेपाल–न्यु लिटिल स्टार इंग्लीस स्कुल

२.आरती सापकोटा–मण्डन भ्याली एकेडेमी

३.साजन ढकाल–मण्डनभ्याली एकेडेमी

आधारभूत सामुदायिक विद्यालयबाट उत्कृष्ठ⁄पुरस्कृत विद्यार्थी २०७५

१.छात्रतर्फ सत्यनारायण पराजुली–इन्द्रावती मावि,वडा नम्बर १२

२.छात्रातर्फ रमिला तामाङ–महाकाली मावि

आधारभूत संस्थागत विद्यालयबाट उत्कृठ विद्यार्थी २०७५

१.छात्रतर्फ रविन्द्रराज भण्डारी–मण्डन भ्याली एकेडेमी

२.छात्रातर्फ रोजिना तामाङ–विज्डम कम्युनिटि स्कुल

को को भए सम्मानित ?

उत्कृष्ठ⁄सम्मानित विद्यालय २०७५

१.मावितर्फ महाकाली मावि,वडा नम्बर १२ नगरकोट

२.आधारभूततर्फ जयसरस्वती प्रावि,वडा नम्बर १२ रामपुर

त्कृष्ठ विद्यालय व्यवस्थापन समिति तथा शिक्षप्रेमी २०७५

१.शिवप्रसाद वजगाईं–द्धारपालेश्वर मावि,मानेडाँडा

२.मनोज पराजुली–इन्द्रावती मावि,वडा नम्बर १२

उत्कृष्ठ⁄सम्मानित प्रअ २०७५

१.मावितर्फ फट्टक बहादुर पराजुली–इन्द्रावती मावि,वडा नम्बर १२

२.आधारभूततर्फ छन्दप्रसाद सापकोटा–पञ्चकन्या आधारभूत विद्यालय,वडा नम्बर ११

मावितर्फ उत्कृष्ठ⁄सम्मानित शिक्षक २०७५

१.एकराज वास्तोला–महाकाली मावि,वडा नम्बर ४ चैनपुर

२.हरिप्रसाद भण्डारी–डेढिथुम्का मावि,वडा नम्बर ९

३.रामबाबु खत्री–उमासह शिक्षालय,वडा नम्बर १० चण्डेनी

आधारभूततर्फ उत्कृष्ठ⁄सम्मानित शिक्षक २०७५

१.वीर बहादुर मोक्तान–इन्द्रावती मावि,वडा नम्बर १२

२.रामप्रसाद ढकाल–बालुवा मावि,वडा नम्बर २,बालुवापटि

३.विनोद प्रसाद सापकोटा–भगवती प्रावि,वडा नम्बर ११

४.कमल प्रसाद घिमिरे–महाकाली मावि,वडा नम्बर २

५.दिपक विक्रम लामा–महाकाली मावि,वडा नम्बर ४

६.रमा वजगाईं–कालीदेवी प्रावि,वडा नम्बर ७

उत्कृष्ठ⁄सम्मानित बालबिकास केन्द्र सहयोगी कार्यकर्ता २०७५

१.शर्मिला राई–भिमसेन प्रावि,वडा नम्बर ६

उत्कृष्ठ⁄सम्मानित विद्यालय कर्मचारी २०७५

१.दमै सिं तामाङ–वाघदेवी मावि,वडा नम्बर १२

उत्कृष्ठ⁄सम्मानित स्रोतव्यक्ति २०७५

१.लालचन्द्र ढकाल

“शिक्षा सिकाईमा आधारित हुनुपर्छ”

उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत र उत्कृष्ठ शिक्षक,विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि लगायतलाई सम्मानपत्र अर्पण गर्दै पूर्व संविधानसभा सदस्य कृष्ण प्रसाद सापकोटाले मण्डन देउपुर नगरपालिकाले शिक्षा क्षेत्रमा देखाएको संवेदनशिलताप्रति प्रशंसा गर्नुभयो ।

नगरको शैक्षिक विकासमा राम्रा काम गर्नेलाई सम्मान गर्ने परिपाटि बसाल्दा सबैलाई हौसला मिल्ने उहाँको धारणा छ ।
सापकोटाले आजको यो समयमा पनि नेपालको शिक्षा शिक्षणमा आधारित रहिरहनु राम्रो नरहेको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–“शिक्षा सिकाईमा आधारित हुनुपर्छ ।” शिक्षणमा आधारित शिक्षा भएकोले नेपालका शिक्षा ज्ञानप्रधान शिक्षा हुने गरेको उहाँको तर्क छ । सिकाईमा आधारित शिक्षा बसाल्दै जाँदा त्यो शिक्षाले सिप विकास हुने उहाँले बताउनुभयो ।

उहाँले जिल्लाको अन्य स्थानिय सरकारहरुको तुलनामा मण्डन देउपुर नगरपालिका यो बाटोमा हिड्नेमा विश्वास व्यक्त गर्नुभयो ।

पूर्व संविधानसभा सदस्य सापकोटाले शिक्षामा भौतिक विकासभन्दा बौद्धिक विकासको पाटो मुख्य हुनुपर्ने पनि बताउनुभयो । यसक्रममा शिक्षाको गुणस्तर वृद्धिका लागि नगरले बजेट छुट्याउनु राम्रो भएको भन्दै उहाँले यसको अनुगमन र मुल्यांकन पाटो अझै महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो ।

नगरप्रमुख टोक वहादुर वाईबाले शिक्षा विकासको मुख्य पाटो रहेकोले बजेट छुट्याउन कञ्जुस्यांई नगरेको बताउनुभयो । गत आर्थिक वर्षभन्दा बढि हुने गरी यो आर्थिक वर्षमा २ करोड बजेट विनियोजन गरेको जानकारी दिनुहुदै उहाँले परिणाममा आधारित योजनाका साथ अघि बढेको बताउनुभयो ।

नगरवासीको हितमा जस्तो सुकै कठोर कदम चाल्न पनि आफू तयार रहेको नगर प्रमुख वाईबाको भनाई छ ।

प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले स्थानिय सरकार,विद्यार्थी,अभिभावक सबैको सहभागितामा मात्र नगर विकासले उचाई लिने बताउनुभयो ।

आगामी दिनहरुमा थप सिकाई उपलब्धि हाँसील हुने अपेक्षाका साथ नगरका शिक्षाप्रेमी व्यक्तित्वहरुलाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मान गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !