
- नमोबुद्ध संवाददाता :
भीमखोरी–रोशी गाउँपालिकाको भीमखोरीवासीले विजुलीको उज्यालो पाएका छन् । नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतिकरण विभाग अन्तरगत नयाँ किरण विद्युत सहकारी संस्थाले २०७० माघ १० गतेबाट थालिएको पहलले साकार रुप पाएको हो ।
पहिलो चरणमा विद्युतीकरण सम्पन्न भएका वडा नम्बर ११ र १२ का बस्तीहरुमा विद्युत लाईनको परीक्षण प्रशारण थालिएको छ ।
बुधबार ५० केभिए र १०० केभिए भोल्टेजका ८ वटा ट्रान्सफरमरको चार्जिङ प्रक्रिया थालेसँगै परीक्षण प्रशारण सफल भएको हो ।
परीक्षण प्रशारणको सफलतासँगै अब भिमखोरी विजुलीको पहुँचमा पुगेको सहकारीका अध्यक्ष चन्द्रमाया तामाङले जानकारी दिनुभयो ।
यो पटक वडा नम्बर १२ को सम्पुर्ण बस्ती र ११ का माम्तिबेशी,पिप्ले,रामरिङ,जुगेपानी,कातार्जे मिन्दुपा,मृर्पा,साहोरे लगायत केही बस्तीका गरी करिव १ हजार घरधुरी लाभान्वीत हुने उहाँले बताउनुभयो ।
आजभोलीनै मिटर बाँड्ने र घर वाईरिङसँगै ति घरहरु झिलीमिली हुने विद्युतीकरण कार्यक्रम तथा सहकारीका प्रबन्धक धुर्व रायमाझीले स्पष्ट पार्नुभयो । उहाँका अनुसार बाँकी बस्तीहरुमा पनि लगत्तै विद्युतिकरण गरिनेछ ।