• नमोबुद्ध संवाददाता :

काठमाडौं–गीत संगीत मनोरञ्जनपूर्ण कला,यसमा आफ्ना सभ्यता,संस्कृति र पहिचान बढि उन्ने नेपालका आदिवासी समुदायमा पर्दछ तामाङ समुदाय । यिनैमा भेटिन्छन् जीवनका सुखःदुखसँगै जोडिएका संवेदना अनि यिनैले सञ्चार गराउँछ अनेकन चेतना ।

यहि बेला “परिवर्तन, बिकास र सञ्चारको सम्बाहक गोल्चे सन्चार” भन्ने नाराका साथ संचालित गोल्चे मिडिया प्रालि बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रमको तयारीमा जुटेको छ ।

सानालाई माया,प्रोत्साहन तथा अग्रज वा सहयोगीलाई सम्मान गर्ने उदाहरणीय संस्कार रहेको तामाङ समुदायभित्र छुट्टै पहिचान बनाउन सफल गोल्चे मिडिया यहि प्रकृतिको कार्यक्रममा जुटेको मिडियाका प्रबन्ध निर्देशक प्रीतम कुमार तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहि भदौ १३ गते शुक्रबार विहान १० बजे राजधानीको गोकर्ण पार्कमा पूर्व कानुन मन्त्री तथा संघिय सांसद शेर बहादुर तामाङले कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ । जुन दिन गोकर्णमा कुशे औंसीको मेला लाग्दैछ ।

यिनै छेकोमा संघिय सांसद तामाङको प्रमुख आतिथ्यता र नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दोर्जे लामाको बिशेष आतिथ्यतामा सप्पन्न गर्ने गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको निर्देशक तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो–“मिडियाको स्थापना कालदेखि विभिन्न कोणबाट सहयोग गर्ने ३ बिशेष व्यक्तित्वलाई सम्मान गर्नुका साथै दर्जनौं कलाकारहरुलाई मञ्चमा उतार्दैछौं ।”

कार्यक्रममा विशेषगरी सिन्धुपाल्चोक लिस्तिका दृष्टिबिहिन टुङ्ना बाधक वीर बहादुर बिकको प्रस्तुती धेरैको आकर्षण बन्ने छ । जसले लामो समयदेखी टुङ्नाको धुनमा तामाङ सेलो गीत गुञ्जाउँदै आउनुभएको छ,पछिल्लो समय युट्युबमा छाउन थाल्नुभएको छ, त्यसैले तामाङ समुदायबाट प्रशंसा भईरहेको छ उहाँको ।

तिनै बिकलाई गोल्चे मिडियाको पहलमा यो सांस्कृतिक तथा सम्मान कार्यक्रमकैबिच १ थान स्पिकर माइक सहयोग स्वरुप प्रदान गरिनेछ ।

कार्यक्रममा सदावहार सेलो गायक प्रेम लोप्चन, वरिष्ठ गायिका ईन्दिरा गोले, गायक सन्जिब वाईबा, विश्व दोङ, विशाल काल्तान, शशिकला मोक्तान, सन्तोष लामा,जोगलाल लामा,जितु लोप्चनको सांगीतिक जादुमयी प्रस्तुती रहने छ ।

साथै आस्मान लोप्चन,सुनिता लुङबा,रेश्मा बम्जन,जीवन बम्जन,प्रकाश तामाङ,लोकेन लामा,योगेश लामा,रोस्ना लुङ्बा, वर्षा थिङ, पुसन लामा र अनुस्का दोङ लगायतका कलाकारहरुको पनि कला कौशल रहनेछ , तामाङ कथानक चलचित्र “म्युङ पुजु“ को बिशेष प्रस्तुति समेत रहनेछ ।

गोल्चे मिडियोप्रति सबैको सद्भावपूर्ण साथका कारण यो कार्यक्रम गर्ने उर्जा मिलेको बताउँदै मिडियाका निर्देशक तामाङले कार्यक्रममा उपस्थित भई भरपुर मनोरञ्जन लिन सम्पूर्ण महानुभावहरुमा अनुरोध पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !