- नमोबुद्ध संवाददाता :
काभ्रे–सहमतिअनुसार व्यवसायीले इट्टाभट्टा नपन्छाउने र नगरको अभियानमा असहयोग गर्ने गरेपछि चिम्नी हटाउन नमोबुद्ध नगरपालिका स्वयम कस्सिएको छ ।
गत हिउँदमा नगरपालिका र व्यवसायीबिच भएको सहमतिअनुसार २०७६ असार मसान्तभित्र भकुण्डे उपत्यकामा सञ्चालनमा रहेको ८ वटा भट्टाहरु हट्नुपर्ने थियो ।
पछिल्लो समय चिम्नी हटाउन दिएको १ महिनाको समय सकिदा पनि व्यवसायीले अटेर गरेकोले नगरपालिका आफैंले डोजर लगाउन बाध्य भएको नगर प्रमुख टिपी शर्माले बताउनुभयो ।
आईतबार भैरवकुण्ड,शिवशक्ति,बिन्दावासिनी,श्री शंकर लगायतका भट्टाका चिम्नी हटाउने काम भएको उहाँले जानकारी दिनुभयो ।
वातावरण प्रदुषणका साथै प्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा असर परेको,कृषि उब्जनीमा समस्या आएको,विभिन्न सामाजिक विकृति फैलिएको,नगरको सुन्दरतामा ह्रास आएको जस्ता निश्कर्षका साथ नगरपालिकाले इट्टा उद्योगको बिकल्प खोजेको उहाँको भनाई छ ।
भट्टा बिस्थापित गरेपछि स्थानियको जीवनस्तर माथि उठ्ने खालका योजनाहरु अघि सार्ने तयारीमा नगरपालिका रहेको नगरप्रमुख शर्माले जनाउनुभयो । ]
भिडियोसहित :