नमोबुद्ध संवाददाता :

काभ्रे–धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको पछिल्लो अवस्था हेर्दा यहाँ वेथितीले चरम रुप लिएको स्पष्ट हुन्छ । अनियमितता,ढिलासुस्ती,मनोमानी अचेल यो विश्वविद्यालयको पर्याय जस्तै हुन थालेको छ ।

यसैको विरोधस्वरुप अहिले यहाँ तालाबन्दी लागेको छ । भ्रष्टाचारको छानविन तथा आफूसँगको सम्झौता कार्यन्वयनको माग गर्दै तालाबन्दी काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले गरेको हो ।

संघले विभिन्न मागहरु राखेर उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको प्रेस विज्ञप्तीमार्फत स्पष्ट पारेको छ ।

विभिन्न समयमा पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आन्दोलनमा उत्रिएका संघले यस अघि गत विहीबार मात्रै स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनका कार्यालयका मूल ढोकामा पनि तालाबन्दी गरेको थियो ।

किन लाग्यो तालाबन्दी ? थप हेर्नुहोस् :

VC-registrar-taala11-8-2019

प्रतिक्रिया दिनुहोस !