
नमोबुद्ध संवाददाता :
आदित्य बुढाथोकिको निर्देशनमा बनेको ‘मेरो सास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो युट्युबमार्फत हेर्न सकिनेछ ।
गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासीको रहेको छ भने मुकेश हुमागाईको छायाँकन र प्रकाश एसके को सम्पादन रहेको छ ।
भिडियोमा गायीका स्वयम्, शेरबहादुर मर्हजन र बाल कलाकार एशिया खड्काले अभिनय गर्नुभएको छ ।
गायीका तुलाधरकै निर्माणमा बनेको ‘मेरो सास’ म्युजिक भिडियो पारिवारिक प्रेम कथामा आधारित रहेको निर्देशक बुढाथोकीले जानकारी दिनुभयो ।
भिडियो पनि हेर्नुहोस् :