• नमोबुद्ध संवाददाता :

तेमाल–कुनै बेला काभ्रेको तेमाल १(डहुन्हान आधाबाट कोटतिमाल)–साविकको सस्र्यूंखर्क ४ को ठाडो उकालो बाटोमा दैनिक आधा दर्जन बढि बस चल्थे । रुट हो बनेपा,पाँचखाल,आधाबाट,कोटतिमाल,मेच्छे । जुन रुट तेमालको शान हो,यातायात सञ्जालको दृष्टिले यहाँको मेरुदण्डनै हो ।

पछि शसस्त्र द्धन्दताका करीव करीव सुनसान जस्तै बनेको यो रुटमा फेरि त्यो अवस्था फर्काउन सम्बन्धित निकायको खासै ध्यान गएको थिएन, बरु पहुंचको केहि होडबाजीमा भकुण्डे मेथिन्कोट पट्टिको रुट चल्न थाल्यो ।

आधाबाट,सस्र्युंखर्कबासी वर्षमा एक पटक बाटो मर्मतसम्भार गर्ने र कामचलाउ रुपमा बुलेरो सञ्चालनमै चित्त बुझाउन थाले,यात्रुहरुलाई सकस थियो ।

यहि क्रममा सडक डिभिजनबाटै टेन्डर आह्वान भएको करोड माथिको बजेट गतिलो कार्यन्वयन नभएपछि सडक स्तरउन्ननीले गति लिएन । बल्लतल्ल पछिल्लो समय तत्कालिन जिविसको दयामा प्राप्त ६ लाख बजेटले मर्मतसम्भार गरेपछि जेनतेन बस गुड्न थाल्यो ।

स्थानिय तहको निर्वाचनपछि पनि वडास्तरबाट बाहेक कतैबाट बजेट जुटेन । त्यसैले यहाँका जनताका लागि सार्वजनिक यातायात सेवा अस्थायीनै भईरह्यो ।

पुग्यो गाउँपालिकाको ध्यान

दुई दशकपछि भएको स्थानिय तहको निर्वाचनपछि गठित तेमालको स्थानिय सरकारले प्राय सबै बजेट सडक पूर्वाधार विकासमै खर्च गर्दै आएको छ । सडक पूर्वाधारकै टुक्रे योजनाहरुमा बजेट छरिएपछि तेमालको मुख्य सडक पनि अस्थायीनै रह्यो ।

तेमालको पुरानो र मुख्य सडक बनेपा,पाँचखाल,आधाबाट,कोटतिमाल,मेच्छे सडक हो । जुन रुटले तेमालका साविक प्राय गाविस र हालका वडाहरुलाई छोएको छ । यसको दायाबायाँबाट आज थुप्रै गाउँ र टोलहरुसम्म पुग्ने बाटोहरु बने तर यो बाटो ग्राभेलसम्म पनि हुने सकेन त्यसैको मार बर्खा लाग्ने वित्तिकै तेमाल यातायात सञ्जालबाट छुटिन पुग्छ । यात्रुलाई समस्या त छँदैछ,कत्ति पटक किसानका कृषि उत्पादन गाउँमै कुहिईने गरेको छ ।

जनप्रतिनिधि पाएको दुई वर्षपछि बल्ल आधाबाट सस्र्यूंखर्कको बाटोमा गाउँपालिकाको आँखा पुगेको छ । वडाध्यक्ष मान बहादुर श्रेष्ठका अनुसार यो बाटोका लागि आर्थिक वर्ष २०७६/०७७ मा दुई खण्डमा गरी रु ४ लाख वडास्तरबाट छुट्टाएको छ भने गाउँपालिका स्तरबाट बोहोरे दोभान डाँडागाउँ माहुरे सडक स्तरोन्नतिको शिर्षकमा १ करोड ४० लाख छुट्टिएको छ ।

असार अन्तिम साता पोखरी नारायणस्थानमा सम्पन्न पाँचौ गाउँसभाले यो योजना र बजेट पास गरेको हो । आवश्यकताकै आधारमा यो सडकमा बजेट छुट्याएको गाउँपालिका अध्यक्ष सलाम सिं लामाले स्पष्ट पार्नुभयो ।

वडातह र गाउँकार्यपालिकाको समन्वयकारी भुमिकाबाट जनतालाई अति आवश्यक यस्ता योजनाहरु निर्माण र कार्यन्वयनमा सफलता हाँसील हुने उहाँको विश्वास छ ।

बोहोरेदोेभान आधाबाट माहुरे सडक योजनामा वडागत र गाउँपालिकोको तर्फबाट परेको बजेटको सफल कार्यन्वयन भएमा ठूलै लाभ स्थानियले लिन सकिने सामाजिक अगुवा बताउँछन् ।

यसबाट नियमित यातायात सेवा सञ्चालनमार्फत यात्रु र किसान वर्गमा प्रत्यक्ष फाईदा पुग्ने स्थानियको अपेक्षा छ ।

यद्यपी अहिले ठूलो बजेट परेको रुट भने कोटतिमालसँग जोडिएको आधाबाट शिरानटोलबाट छुट्टिएर सस्र्यूंखर्क हुदै माहुरेतर्फ मोडिएको रुट हो ।

कोटतिमालतर्फको बिचको सडक खण्ड(जुन तेमालको पुरानो यातायात रुट–बनेपा,धुलिखेल,आधाबाट,कोटतिमाल,मेच्छेको बिचको भाग हो)मा सार्वजनिक रुपमा सञ्चालनमा नल्याउँदा वडा नम्बर १ आधाबाट शिरानटोलको ठूलो बस्ती सार्वजनिक यातायात सेवाबाट बञ्चित छन् ।

एक स्थानियले भने –“बल्ल गाउँपालिकाबाट बजेट छुट्टिएको खबर पाउँदा खुसी त लागेको छ तर तेमालको पुरानो मुख्य रुट परिवर्तन गरिंदा बिचका जनता अलि समस्यामा परेको विषयलाई पनि मनन् गरिदिनुहुन अनुरोध गर्दछु ।”

पुरानो रुटलाई निरन्तरता दिएमा वा बाटो मर्मत गरी नियमित यातायात सञ्चालनको अवस्था आए यहाँका स्थानियलाई गाउँपालिका मुकामसँगको सम्पर्कमा रहन पनि निकै सहजता आउने छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार आधाबाट शिरालटोलबासीलाई सहजता दिलाउन यो सडक खण्डमा पनि बजेट छुट्याईदै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा २ लाख बजेटको व्यवस्था गरेको उहाँले स्पष्ट पर्नुभयो ।

बस चल्ने रुटनै परिवर्तन भएकोले यहाँका स्थानियले सार्वजनिक वस सेवा नपाएपनि कृषि जन्य बस्तु ओसारपसार तथा नीजि गाडी आवतजावत गराउने वातावरण बन्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सस्र्यूंखर्कमा यो पटकको बजेट र योजना

तेमाल गाउँपालिका वडा नम्बर १ सस्र्यंखर्कले यो पटक पूर्वाधार विकास, खानोपानीमा विशेष जोड दिएको छ । महिला, दलित, जनजातिको लागि पनि बजेटको व्यस्था गरेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७६/०७७ मा कार्यन्वयनमा आउने कुल बजेट २ करोड ८९ लाख ४४ हजार छ । यो बजेट गाउँपालिका स्तरीय र वडा स्तरीय योजनाहरुमा परेको हो । वडा स्तरीय योजना अन्तर्गत १ करोड ४ लाख ४४ हजार र गाउँपालिका स्तरीय योजनामा १ करोड ८५ लाख रहेको छ ।

यि बजेटले सम्पन्न गर्नुपर्ने विभिन्न योजनाहरु छन् । गाउँपालिका स्तरीय योजना ४ वटा र वडा स्तरीय योजना २७ वटा गरि ३१ वटा योजना रहेको वडा अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

कुन योजनालाई कत्ति बजेट ?

गाउँपालिका स्तरीय योजनातर्फ

१. बोहोरे दोभान डाँडागाउँ माहुरे सडक स्तरोन्नति १ करोड ४० लाख

२. तेमाल प्रवेशद्वार निर्माण बोहोरे दोभान १० लाख

३. खानीखोला खहरेखोला बृहत खानेपानी लिफ्टीङ ३० लाख

४. सालचौतारा भुपालेश्वर महादेवस्थान सडक निर्माण ५ लाख

वडा स्तरीय योजनातर्फ

१. वडा स्तरीय कृषि कार्यक्रम ३ लाख ६३ हजार

२. वडा स्तरीय पशु औषधी व्यवस्थापन तथा उपचार २ लाख

३. चुखाखोला आधाबाट खानेपानी मर्मत २ लाख

४. गुठी संस्था फर्निचर तथा टेन्ड खरिद ३ लाख

५. खाँडादेवी मन्दिर सिडी निर्माण २ लाख

६. महिला विकास तथा सिप विकास कार्यक्रम २ लाख

७. दलित आय अर्जन कार्यक्रम १ लाख

८. तामाङ संस्कृति प्रवद्र्धन कार्यक्रम १ लाख

९. पञ्चकन्या मन्दिर रंगरोगन तथा सत्तल मर्मत ३ लाख

१०. सामुदायिक स्वास्थ्य इकाई रंगरोगन १ लाख ७५ हजार

११. पञ्चकन्या आधारभूत विद्यालय सरस्वती मन्दिर निर्माण ४ लाख

१२. वडा स्तरीय खेलकुद कार्यक्रम २ लाख ५६ हजार

१३. सिमखोला झिकुखोला सडक मर्मत १ लाख

१४. भञ्ज्याङ लामागाउँ कोटतेमाल सडक स्तरोन्नति ६ लाख

१५. धर्मखम्ब खानीदोभान कृषि सडक स्तरोन्नति ६ लाख ५० हजार

१६. बडालडाँडा खरपाले सडक निर्माण १ लाख ५० हजार

१७ तल्लो चौतारा लिस्ने गडेरे सडक निर्माण २ लाख

१८. सल्लाबोट कालीमाटी साउनेखोला सडक निर्माण ३ लाख

१९. लप्सीबोट कोटतेमाल सडक मर्मत २ लाख

२०. पुच्छारटोल च्यानडाँडा सडक निर्माण ३ लाख

२१. बोहोरे दोभान लामागाउँ सडक मर्मत २ लाख

२२. साउटोल पोखरी पानी सडक मर्मत १ लाख

२३. भोट्टार अमलटारी सिंचाई निर्माण २ लाख ५० हजार

२४. कृष्ण मन्दिर निर्माण २ लाख

२५. भैंसेपाटी गणेश मन्दिर निर्माण १ लाख ५० हजार

२६. वडा नम्बर १ वडा कार्यालय भवन नर्माण ४० लाख

२७. गौंथलेश्वर मन्दिर निर्माण १ लाख

प्रतिक्रिया दिनुहोस !