• नमोबुद्ध संवाददाता

नाटक ‘जुनकिरी’मा उनले नारी सशक्तीकरणको आवाज मात्रै उठाइनन्, मंचनबाट संकलित रकम समाज सेवामा लगाइन् । जन्मदिनको पार्टीमा हुने फजुल खर्च कहिले बृद्धाश्रम त कहिले अनाथाश्रमलाई सघाउँदै आएका तिनै नानीले यसपटक जन्मदिनकै अवसर पारेर नयाँ कार्य थालेकी छिन् ।

थापाले ‘युनिफेसन’ नामक बुटिक संचालनमा ल्याएकी हुन् । अनामनगरस्थित बुटिकको सांसद नवीना लामा, नायिका श्वेता खड्का, गायिका सुनिता दुलाल, समालोचक बिन्दु शर्मा, रंगकर्मी सिर्जना सुब्बा, पत्रकार मन्दिरा ढुंगेल, फेसन डिजाइनर रोजिना श्रेष्ठ, अधिकारकर्मी भुमिका श्रेष्ठ, पत्रकार लोगसरी कुँवर, अधिवक्ता निशा बानियाँ कुँवर, आमा लिला थापालगायतले उदघाटन गरे ।

मनोविद्, अधिवक्ता, रंगकर्मी र अध्यापन पेसामा समेतसंलग्न नानीको नयाँ परिचय थपिएको भन्दै नायिका श्वेताले प्रसंशा गरिन् । सांसद नविना लामाले भने नानी जस्ता युवाबाट सबैले आत्मनिर्भरताको पाठ सिक्न सकिने दावी गरिन् ।

युवा लक्ष्यित बुटिकले नयाँ र सिर्जनशील डिजाइनका फेसनलाई प्राथमिकतामा राख्ने नानीले बताइन् ।

प्रतिक्रिया दिनुहोस !