• नमोबुद्ध संवाददाता :

सिन्धुपाल्चोक–इन्द्रावती गाउँपालिकाको पाचौं गाउँसभाले ६४ करोड बराबरको बजेट पारित गरेको छ ।

बुधबार गाउँपालिकाको केन्द्र नवलपुरमा आयोजित पाचौं गाउँसभाले यसअघि असार १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवम् बजेट सर्वसम्मतिले पारित गरेको हो ।

समारोहमा बजेट वक्तव्य गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाले प्रस्तुत गर्नुभएको थियो ।

संघीय कानुन अनुसार स्थानिय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्छ भने असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने हुन्छ । यहि मुताविक इन्द्रावती गाउँपालिकाले बेलैमा बजेट पास गरेको हो ।

गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार र विभिन्न संघसस्था गरी ६४ करोड ५६ लाख ९ हजार बराबरको बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, सबै वडाका वडाध्यक्ष र वडा सदस्यहरुको उपस्थिति रहेको गाउँ सभामा गाउँपालिकाका कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !