- नमोबुद्ध संवाददाता :
काठमाडौं–काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ मंगलटार पनान्चेका मुटु रोगी बसन्त तामाङले उपचारका लागि साईप्रसका प्रवासी नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त गर्नुभएको छ ।
काभ्रे सेवा समाज साईप्रसका उपाध्यक्ष साहारा लोप्चन तामाङको नेतृत्वमा संकलित रु ४४,४०० नगद सहयोग आईतबार बौद्धमा स्वयम् विरामीकै हातमा हस्तान्तरण गरिएको छ ।
साईप्रसबाट प्राप्त यो नगद नाम्सादिम छोरङान नेपालका संरक्षक कुमार थोकर तामाङ,नाम्सादिमकै अध्यक्ष हिरामान बल तामाङ र सामाजिक अभियन्ता बबिता योन्जनले संयुक्त रुपमा विरामीको हातमा हस्तान्तरण गर्नुभएको हो ।
सहि प्रयोजनमा खर्च गरी थप स्वास्थ्य लाभको कामना गर्दै प्रवासी नेपालीहरुबाट संकलित सहयोग रकम प्रत्यक्ष रुपमा विरामीलाईनै हस्तान्तरण गरिएको नाम्सादिमका अध्यक्ष तामाङले स्पष्ट पार्नुभयो ।
सानै उमेरमा मुटुको समस्याले गर्दा मेन भल्भनै फेरिएका बसन्तको मुटुमा जोड्ने रगतको नली साँघुरिएर थप समस्या देखिएकोमा त्यसको अप्रेसन गर्न आर्थिक अभाव झेल्दै आएको अवस्थामा उहाँले यो सहयोग प्राप्त गर्नुभयो ।
यो रकम काभ्रे सेवा समाज साईप्रस परिवारका साथै त्यहाँ क्रियाशिल अन्य केहि सहयोगी संस्था तथा व्यक्तिहरुबाट संकलन भएको समाजका उपाध्यक्ष लोप्चनले जानकारी दिनुभयो ।
साथै काभ्रे सेवा समाज साईप्रसले बसन्तको उपचारका लागि लाखौं रकम आवश्यक पर्ने भएकोले थप आर्थिक सहयोगको अपिल पनि गरेको छ ।
समाजले भनेको छ –“सेवा नै धर्म हो र सहयोग सानो होस् या ठूलो,पिडितको लागि त्यो अति महत्वपूर्ण हुन्छ ।”
काभ्रे सेवा समाज साईप्रसको संयोजनमा जुटेको सहयोग र सहयोगीहरु :
१.साहारा लोप्चन = ५० युरो,काभ्रे हाल साईप्रस
२.सम्जू दोङ = ३५ युरो,काभ्रे हाल साईप्रस
३.सुनिला दोङ = ३०युरो,काभ्रे हाल साईप्रस
४.कुसुम लोप्चन = ३० युरो,काभ्रे हाल साईप्रस
५.रोमन ग्लान = ३० युरो,काभ्रे हाल साईप्रस
६.करिना स्याङ्ब = २० युरो,काभ्रे हाल साईप्रस
७.बिशोरी दोङ = २० युरो,काभ्रे हाल साईप्रस
८.देबिशोरी दोङ = २० युरो,काभ्रे हाल साईप्रस
९.सरिना ग्लान = २० युरो,काभ्रे हाल साईप्रस
१०.लक्ष्मी ठकुरी = १० युरो,बुटोल हाल साईप्रस
११.हर्कमान तामाङ = २० युरो,काभ्रे हाल साईप्रस
१२.कल्पना वाइबा तामाङ = १० युरो,सिन्धुली हाल साईप्रस
१३.एलेणी पोतमीतु = १० युरो,साईप्रस लिमासोल
१४.साङमो थोकर = १० युरो,रसुवा हाल साईप्रस
१५.सुनि तामाङ = १० युरो,नुवाकोट हाल साईप्रस
१६.नानु गोम्जा = १०,युरो,धादिङ हाल साईप्रस
१७.सबिता घिसिङ = ५ युरो,दोलखा हाल साईप्रस
१८.लक्ष्मी ब्लोन = ५ युरो,नुवाकोट हाल साईप्रस
१९.निरु घिसिङ = ५ युरो,दोलखा हाल साईप्रस
कुल = रु ४४,४००